$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

आदर्श थारु छात्रावासको इतिहासले काँचुली फेर्दै उच्च शिक्षा हासिल गर्ने थलो बन्दै अध्यक्ष शेखर चौधरीको भनाइ

आदर्श थारु छात्रावासको इतिहासले काँचुली फेर्दै उच्च शिक्षा हासिल गर्ने थलो बन्दै अध्यक्ष शेखर चौधरीको भनाइ वीरगञ्ज । थारु समुदायका विद्यार्थ...

आदर्श थारु छात्रावासको इतिहासले काँचुली फेर्दै उच्च शिक्षा हासिल गर्ने थलो बन्दै अध्यक्ष शेखर चौधरीको भनाइ वीरगञ्ज । थारु समुदायका विद्यार्थीहरुलाई शिक्षाको अवसर प्रदान गर्दै उनीहरूको शैक्षिक, सामाजिक तथा सांस्कृतिक विकासमा योगदान पुर्‍याउने उद्देश्यले  आदर्श थारु छात्रावास विक्रम सम्वत २००९ साल स्थापना गरिएको आदर्श थारु छात्रावासको आफ्नै महत्वपूर्ण इतिहास रहेको छ। जग्गादाताहरू हितबहादुर चौधरी छविलाल चौधरी र संस्थापक केवल चौधरी  अमर बहादुर फौजदार रामप्रसाद रा्य थारु सीतलबहादुर चौधरी  सञ्चालक सचिव चिरञ्जीवी चौधरी लगायत अग्रज थारु समुदायका जिम्मेवारी व्यक्तिहरुले  आदर्श थारु   छात्रावासको लामो समयदेखि आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका थारु समुदायका विद्यार्थीहरुलाई अध्ययनका लागि सुरक्षित र अनुकूल वातावरण उपलब्ध गराउने उदेश्यले  बीरगंज महानगरपालिका वडा नम्बर ५ बिर्ता स्थित   कुमारटोलमा  रौतहत निवासी केवल चौधरी संस्थापक अध्यक्ष भएर शुरुवात  गरेका हुन! सात  7 कठ्ठा १७ धुर जग्गा उपलब्ध गराएर थारु समुदायका  विद्यार्थीहरु मात्र नभएर पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल मधेस प्रदेशका पूर्व मुख्यमन्त्री जितेन्द्र सोनाल र मन्त्री शंकर चौधरी समेत यही आदर्श थारु छात्रावासमा अध्ययन गरेर आफ्नो यात्रा सुरु गरेको यही ठाउँ भएको वर्तमान अध्यक्ष शेखर चौधरीले बताएका छन् उनको भनाई अनुसार ग्रामीण तथा दुर्गम क्षेत्रबाट उच्च शिक्षा हासिल गर्न शहरतर्फ आउने थारु समुदायका  आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरू बसोबास र अध्ययनमा कठिनाइ नहोस भन्ने उद्देश्यले स्थापना गरिएको अध्यक्ष चौधरीको भनाइ रहेको छ। यही समस्यालाई मध्यनजर गर्दै विद्यार्थीहरुलाई आवासीय सुविधा उपलब्ध गराउने उद्देश्यले आदर्श थारु छात्रावासको स्थापना गरिएको हो।

छात्रावास स्थापनापछि विभिन्न जिल्लाबाट अध्ययनका लागि आएका थारु विद्यार्थीहरुले यहाँ बसोबास गर्दै आफ्नो अध्ययनलाई निरन्तरता दिने अवसर पाएका छन्। छात्रावासले विद्यार्थीहरुलाई बस्ने सुविधा मात्र नभई अनुशासन, सामाजिक व्यवहार, नेतृत्व विकास, सांस्कृतिक पहिचान तथा सामूहिक भावना विकास गर्न पनि सहयोग गर्दै आइरहेको  अध्यक्ष चौधरीले बताएका हुन् ।आदर्श थारु छात्रावास थारु समुदायको भाषा, संस्कृति, परम्परा र पहिचान संरक्षण गर्ने महत्वपूर्ण थलोका रूपमा समेत विकास हुँदै आइरहेको बताए । अहिले विभिन्न चाडपर्व, सांस्कृतिक कार्यक्रम तथा सामाजिक गतिविधिमा विद्यार्थीहरूको उल्लेखनीय    सहभागिताले आफ्नो मौलिक संस्कृति र परम्पराप्रति नयाँ पुस्ताको रुचि बढाउन सहयोग पुग्दै  आइरहेको छ।

छात्रावासबाट शिक्षा हासिल गरेका विद्यार्थीमध्ये विभिन्न क्षेत्रमा स्थापित भइसकेकाहरूले आफ्नो समुदायको सामाजिक तथा आर्थिक विकासमा योगदान दिँदै आएका छन्। यसले छात्रावास केवल आवासको व्यवस्था गर्ने संस्था नभई विद्यार्थीहरुको भविष्य निर्माण गर्ने आधारका रूपमा स्थापित हुँदै आइरहेको  अध्यक्ष चौधरीको   भनाइ रहेको छ!

समयअनुसार छात्रावासमा आवश्यक पूर्वाधार, निर्माण प्रक्रियामा आफ्नो कार्यकालमा नयाँ भवन तयारी गरिरहेकोले आगामी दिनमा यस आदर्श थारु छात्रावास शैक्षिक वातावरण र व्यवस्थापनमा सुधार हूने अपेक्षा आफूले लिएको अध्यक्ष चौधरीले बताएका छन्। विद्यार्थीको बढ्दो आवश्यकता पूरा गर्न पुस्तकालय, अध्ययन कक्ष, खानेपानी, स्वास्थ्य तथा अन्य आधारभूत सुविधाको थप विकास गर्नुपर्ने भएकोले सबैले सहयोग गरिदिन आग्रह र अपिल गरेका हुन आदर्श थारु छात्रावासले आफ्नो स्थापनाको उद्देश्यलाई निरन्तरता दिँदै आगामी दिनमा पनि थारु समुदायका विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा हासिल गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ। छात्रावासको संरक्षण र विकासका लागि पूर्वविद्यार्थी, स्थानीय समुदाय, सरकारी निकाय तथा विभिन्न संघ–संस्थाको सहकार्य आवश्यक रहेकोले सरोकारवालाहरू संग हातेमालो गरेर अगाडी बढ्न  बढेको खण्डमा चाँडै उपलब्धि हुने  अध्यक्ष  चौधरीको भनाइ   रहेको छ। आदर्श थारु छात्रावास थारु समुदायका विद्यार्थीहरुका लागि शिक्षा, आश्रय र अवसरको केन्द्रका रूपमा आफ्नो इतिहास निर्माण गर्दै आएको छ। यसको योगदानलाई संस्थागत गर्दै भावी पुस्ताका लागि अझ प्रभावकारी शैक्षिक वातावरण निर्माण गर्नु आजको प्रमुख आवश्यकता  रहेको अध्यक्ष चौधरीले बताए! अध्यक्ष चौधरीले बताए अनुसार आफू सामाजिक क्षेत्र हुँदै शैक्षक र कृषकको रूपमा काम गर्दै आइरहेको बताएका छन्! विक्रम सम्वत २००९ सालमा  स्थापना गरिएको आदर्श थारु छात्रावास २०१४ सालदेखि सञ्चालक समितिको अध्यक्ष ब्रह्मा नारायण फौजदार २०१४ देखि २०१८ सम्म  मुक्तिनारायण फौजदारी  २०१९ देखि  २०३९ सम्म भागवत चौधरी। २०४० देखि  २० ४८ सम्म  गिर्धारी चौधरी २०४९ देखि २०५१ सम्म लक्ष्मण चौधरी २०५२ देखि  २०६५ सम्म रामदेव महत्तो २० ६५ देखि २०७२ सम्म सुवंश चौधरी २०७२ देखि २०७६ सम्म र रामकृष्ण चौधरी २०७६ हाल  सम्म र हाल २०८३ को अध्यक्ष शेखर चौधरी रहेका छन्।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content