सखुवा प्रसौनी गापा प्रमुख यादवले रु ५ लाख सहयोग गर्ने उद्घोष भोटेकोशी बाढी : टिमुरेबाट ९५ सहित १२३ जनाको हेलिकप्टरमार्फत उद्धार जारी
वीरगञ्ज । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा जिल्लाको टिमुरे क्षेत्रमा अलपत्र परेका नागरिक तथा प्रभावित व्यक्तिहरूको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। बाढीपछि जोखिममा परेका टिमुरेबाट ९५ जनासहित कुल १२३ जनाको उद्धार गरिएको जनाइएको छ।
अविरल वर्षासँगै भोटेकोशी नदीमा आएको बाढीले आसपासका क्षेत्रमा जनजीवन प्रभावित बनेको थियो। बाढीका कारण सडक तथा आवागमनमा समस्या भएपछि जोखिममा परेका नागरिकलाई सुरक्षित स्थानमा लैजान हेलिकप्टरमार्फत उद्धार अभियान सञ्चालन गरिएको हो।
उद्धार गरिएका व्यक्तिहरूलाई सुरक्षित स्थानमा पुर्याई आवश्यक राहत तथा व्यवस्थापनको काम भइरहेको बताइएको छ। बाढीबाट प्रभावित क्षेत्रमा थप क्षति हुन नदिन सम्बन्धित निकाय तथा स्थानीय तहले उद्धार, राहत र पुनःस्थापनालाई प्राथमिकतामा राखेका छन्।सबै भन्दा पहिले पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष जशवन्त यादवले भोटेकोशी बाढीबाट प्रभावित परिवारका लागि रु. ५ लाख राहत अनुदान उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्। विपद्को समयमा मानवीय सहयोग र सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त राहत सहयोग गर्ने प्रतिबद्धता जनाइएका हुन।
बाढी प्रभावितलाई तत्काल आवश्यक खाद्यान्न, लत्ताकपडा, स्वास्थ्य सेवा तथा अन्य अत्यावश्यक सामग्री उपलब्ध गराउन स्थानीय तह, सुरक्षा निकाय, संघसंस्था तथा सहयोगी व्यक्तिहरूबीच समन्वय भइरहेको छ।
बाढीका कारण प्रभावित क्षेत्रमा अझै जोखिम कायम रहेकाले स्थानीय प्रशासनले नागरिकलाई नदी तथा खोलानालाको आसपास नजान र सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ। साथै, सम्भावित थप क्षतिलाई रोक्न उद्धार टोलीलाई तयारी अवस्थामा राखिएको जनाइएको छ। यस्तो विपदको बेलामा सहकार्य गरेर अगाडि बढ्न अति आवश्यक रहेको समेत बताएका छन्। 


COMMENTS