क्रिएटिभ विद्यालय समूह द्वारा अन्तर विद्यालय हिज्जे, वक्तित्व कला तथा निबन्ध प्रतियोगिता आज ओसिस boarding स्कुलको प्राङ्गणमा सम्पन्न भएको छ ओसिस माविका संस्थापक प्रधानाध्यापक इन्द्रदेव शाह को अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको संचालन अल्फा टेकका डाइरेक्टर राम सुन्दर चौधरीले गर्नु भएको थियो
हिज्जे प्रतियोगिताको प्रस्तोता राम सुन्दर चौधरी को अनुसार ओसिस माविका आइसा पटेल-४, अनुराग पटेल -४ तथा निरज चौधरी-५ प्रथम स्थान हासिल गरेका थिए। त्यस्तै ग्रीनल्यान्ड माविका आसिया खातुन -५ ,खुसी खातुन-५ तथा समर अजिज-५ दोस्रो स्थान हासिल गरेका तथा विभूति एकेडेमीका सृष्टि शाह-५ अनन्या गुप्ता-४ तथा अर्जुन सर्राफ-५ तेस्रो स्थान हासिल गर्न सफल भएका थिए। 
निबन्ध तथा वक्तित्वकला तर्फको निर्णय एवं हरि खेतान क्याम्पसका विभागीय सदस्य डाक्टर निरज चौधरीका अनुसार निबन्धतर्फ ग्रीनलाइन माविका कक्षा १० मा अध्ययनरत आशिफ मलिक प्रथम विभूति एकेडेमीका कक्षा आठमा अध्ययनरत रागनी पाल दोस्रो तथा कक्षा १० अङ्कित गुप्ता तेस्रो स्थान ओगट्न सफल भएका थिए।
वक्तित्वकला तर्फ विभूति एकेडेमीका कक्षा ७ का नाभिया गुप्ता प्रथम ग्रीन ल्याण्ड माविका कक्षा ७ का आराध्य गुप्ता दोस्रो कथा कक्षा ६ का आल्फा खातुन तेस्रो स्थान ओगट्न सफल भएका थिए।
कार्यक्रममा स्थान प्राप्त गरेका विद्यार्थी भाइबहिनीहरूलाई कार्यक्रमका अतिथिहरूद्वारा सिल्ड , प्रमाणपत्र तथा मेडल वितरण गरेका थिए कार्यक्रममा उपस्थित व्यक्तित्वहरूलाई ग्रेन ल्याण्ड माविका माविका डाइरेक्टर उपेन्द्र पण्डितले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। अल्फा टेकका डाइरेक्टर राम सुन्दर चौधरीले जानकारी दिनु भएको छ!







COMMENTS