बिबिएका प्रथम सेमेस्टरका विद्यार्थीहरू परिचयात्मक तथा स्वागत कार्यक्रम सम्पन्न!
बीरगंज महानगरपालिका वडा नम्बर ११ श्रीपुरमा रहेको एपेक्स कलेजमा अध्ययनरत बिबिएका प्रथम सेमेस्टरका विद्यार्थीहरूको परिचयात्मक तथा स्वागत कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ। एपेक्स कलेजको सभा हलमा आयोजित वीरगञ्ज कलेजका सञ्चालक समितिका अध्यक्ष एवं डा दिपेन्द्र चौधरीको सभापतित्व तथा कलेजका क्याम्पससिफ विनोद गुप्ताको प्रमुख आतिथ्यमा सो परिचयात्मक तथा स्वागत कार्यक्रम सम्पन्न भएको हो। परिचयात्मक तथा स्वागत कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा क्याम्पस चिफ गुप्ताले विद्यार्थीहरूले आफ्नो भविष्यलाई सुनिश्चित गर्दै अगाडि बढाउन सुझाव दिनुभएको थियो। उनले भने विद्यार्थीहरूले आफ्नो करियर सँगसँगै कलेज एवं अभिभावकको भावनालाई पनि बुझेर अगाडि बढ्नुपर्ने विकल्प रहेकोले एपेक्स कलेज नै रोजेकोमा विद्यार्थी भाइबहिनीहरूलाई धन्यवाद दिनुका साथै आफूहरुले दिनुपर्ने शिक्षा एवं अतिरिक्रक्रियाकलपहरुमा पनि आफूहरूले उत्तिकै ध्यान दिइरहेको धारणा राख्नुभएको थियो। कार्यक्रमको समापन समारोहमा वीरगंज कलेजका अध्यक्ष एवं डा दिपेन्द्र चौधरीले यस कलेजमा केवल शिक्षा मात्र नदिएर व्यवहारिक ज्ञानहरू पनि आफूले दिइरहेकोले त्यस्ता ज्ञान र सीपको अहिलेको अवस्थामा धेरै महत्वपूर्ण रहेकोले विद्यार्थीहरूलाई यस बारेमा पनि जानकारी दिनुभएको थियो। 

बीरगंज कलेजले बीरगञ्जमा पहिलोपटक आफूहरूले पढ्दैजौं कमाउँदै जाउँ भन्ने अवधारणाका साथ अगाडि बढिरहेकोले अहिले धेरै विद्यार्थीहरूको रोजाइमा बीरगंज कलेज पढ्न गएकोमा आफूलाई धेरै खुसी लागेको बताएका थिए! यस कलेजबाट अहिले विभिन्न बैंकङ क्षेत्रदेखि प्रशासनिक उद्योगी एवं व्यापार क्षेत्रमा पनि उत्तिकै अब्बल भएको र देशविदेशमा समेत आफ्ना उत्कृष्ट योगदानहरू निखार्न सफल भइरहेको उक्त परीक्षात्मक एवं स्वागत कार्यक्रममा डाक्टर चौधरीले धारणा राख्नुभएको थियो। परीक्षात्मक एवं स्वागत कार्यक्रममा बीरगञ्ज कलेजका प्रशासन प्रमुख सुरेश चौधरीले स्वागत कार्यक्रम गर्नुभएको हो! कार्यक्रममा एकेडेमी डाइरेक्टर दर्शन केसी सहायक क्याम्पस चिफ रुदल ठाकुर शिक्षकहरू राजेश्वर प्रसाद चौधरी राजेन्द्र प्रसाद चौधरी मुक्त भुसाल मुकेश शाह रिचा कर्ण नितेश गुप्ता प्रकाश शाह जितेन्द्र पटेल लगायतको उपस्थिति रहेको थियो। भने कार्यक्रमको सहजीकरण सोमिया चौरसियाले गरेकी थिइन्।




COMMENTS