$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

वीरगञ्जमा ईद–ए–मिलादुन्नबीको अवसरमा 'सिरतुन नबी' कार्यक्रम सम्पन्न

 वीरगञ्जमा ईद–ए–मिलादुन्नबीको अवसरमा 'सिरतुन नबी' कार्यक्रम सम्पन्न वीरगञ्ज, भदौ १० इस्लाम धर्मका अन्तिम सन्देशवाहक पैगम्बर हजरत मोह...

 वीरगञ्जमा ईद–ए–मिलादुन्नबीको अवसरमा 'सिरतुन नबी' कार्यक्रम सम्पन्न वीरगञ्ज, भदौ १०

इस्लाम धर्मका अन्तिम सन्देशवाहक पैगम्बर हजरत मोहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) को जन्मोत्सव (ईद–ए–मिलादुन्नबी) को अवसर पारेर वीरगञ्जमा बुधबार विशेष 'सिरतुन नबी' कार्यक्रम तथा शान्ति सभा सम्पन्न भएको छ। वीरगञ्ज मुस्लिम समाजको आयोजनामा उक्त कार्यक्रम भव्य रूपमा आयोजना गरिएको हो।

​इस्लामिक क्यालेन्डरको तेस्रो महिना रबी–उल–अव्वलको १२औँ तारिखका दिन विश्वभरका मुस्लिम समुदायले पैगम्बर मोहम्मदको जन्मोत्सवलाई ईद–ए–मिलादुन्नबी वा मोहम्मद डेका रूपमा मनाउने गर्दछन्।

​कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका कार्यवाहक नगर प्रमुख इम्तियाज आलम, मौलाना अलियसगर मदनी, मौलाना महमद आलम, मौलाना इजहार हुसैन लगायत मुस्लिम समुदायका अगुवा, धार्मिक गुरु, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीय बासिन्दाहरूको उल्लेख्य सहभागिता रहेको थियो।

​सभामा वक्ताहरूले पैगम्बर हजरत मोहम्मदले दिनुभएको शान्ति, प्रेम, सद्भाव, भाइचारा र मानवताको सन्देशबारे चर्चा गरेका थिए। सहभागीहरूले समाजमा धार्मिक तथा सामाजिक सद्भाव कायम राख्दै आपसी एकता र सहिष्णुतालाई थप मजबुत बनाउनुपर्ने आवश्यकता औंल्याएका छन्।

​आयोजकका अनुसार कार्यक्रम उत्साहजनक, शान्तिपूर्ण र सद्भावपूर्ण वातावरणमा सम्पन्न भएको छ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content