हरिखेतान बहुमुखी क्याम्पस द्वारा विद्यार्थीहरुलाई सम्मान तथा बधाई कार्यक्रम सम्पन्न ' सामुदायिकतर्फ नेपाल अधिराज्यभरि दोस्रो स्थान हासिल गरेकी गुप्तालाई नगद ११००० सहित प्रशंसापत्रले सम्मानित!
वीरगञ्ज । हरिखेतान बहुमुखी क्याम्पस वीरगञ्जले आज आफ्नै क्याम्पस परिषद भित्र विद्यार्थीहरूको शैक्षिक उपलब्धिको सम्मान, बधाई तथा प्रोत्साहनका लागि विशेष कार्यक्रमको आयोजन गरि भव्य रूपमा सम्पन्न भएको छ। हरिखेतान बहुमुखी क्याम्पसका क्याम्पस चिफ किशोरी राय यादवको सभापतित्व तथा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष डाक्टर राम अवतार खेतानको प्रमुख आतिथियमा सो कार्यक्रम सम्पन्न भएको हो! सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डा खेतानले जहिले पनि विद्यार्थीहरूको हक हितका लागि काम गदै आइरहेको बताएका छन्! उनले भने विद्यार्थीहरूको हौसलालाई प्रोत्साहन गर्ने उद्देश्यले यो सम्मान कार्यक्रम क्याम्पसले राखेको धारणा राख्नुभएको थियो। उत्कृष्ट विद्यार्थीहरूलाई विद्यार्थीहरूलाई जहिले पनि क्याम्पसले सम्मान र इज्जत गर्दै लैजाने भएकोले अहिले यस हरिखेतान बहुमुखी क्याम्पसमा अध्ययन गरिरहेका विद्यार्थीहरूले क्याम्पसको नामलाई उचाइमा पुर्याउनुका साथै शिक्षक शिक्षिकाहरूको मानसम्मान सँगसँगै अभिभावकहरूको पनि नाम उचाइमा पुर्याउन सफल भएकोमा आभारी व्यक्त गर्नुभएको छ! कार्यक्रममा विभिन्न प्रतियोगिता तथा परीक्षामा उत्कृष्ट सफलता हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान तथा बधाई ज्ञापन गरिएको हो।
कार्यक्रममा क्याम्पसका क्याम्पस चिफ किशोरी राय यादवले विद्यार्थीहरूलाई क्याम्पसले पहिलोपटक यसरी नगद र प्रशंसापत्रले सम्मानित गरिएको बताए! क्याम्पसले उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गर्नुको अर्थ उनीहरूको मेहनत र कदरलाई आत्मसाथ गरेर थप अगाडि बढ्नमा मद्दत पुगोस् भन्ने क्याम्पसको योजना रहेकोले यसरी आज एक कार्यक्रमको बीच उनीहरूलाई सम्मानित गरिएको बताएका हुन! प्रमुख अतिथि डा. रामअवतार खेतानले कार्यक्रममा विभिन्न शिक्षा क्षेत्रमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीहरूलाई नगद तथा सम्मान पत्रले सम्मानित गर्नुभएको थियो। 











कार्यक्रममा लायन्स क्लब अफ वीरगञ्जद्वारा सञ्चालित म्याराथन प्रतियोगितामा कलेजकी छात्रा सुशीला कुमारी तत्त्व चौथो स्थान हासिल गर्ने त्यसैगरी आशा कुमारी लाई बधाई तथा सम्मान गरिएको थियो। विद्यार्थीको मेहनत, लगनशीलता र उत्कृष्ट प्रदर्शनको प्रशंसा गर्दै आगामी दिनमा अझ राम्रो सफलता हासिल गर्न शुभकामना व्यक्त गरिएको थियो।
त्यसैगरी, लायन्स क्लब अफ वीरगञ्जद्वारा सञ्चालित कार्यक्रमअन्तर्गत विद्यार्थीहरूलाई शैक्षिक क्षेत्रमा थप प्रोत्साहित गर्ने उद्देश्यले सम्मान तथा शुभकामना प्रदान गरिएको थियो। कार्यक्रममा विद्यार्थीहरूको प्रतिभा पहिचान गरी उनीहरूलाई निरन्तर अध्ययन र मेहनतका लागि उत्प्रेरित गर्नुपर्नेमा जोड दिइएको थियो।
कार्यक्रममा +२ विज्ञानतर्फका विद्यार्थी अमित कुमार वर्णवाल IOE प्रवेश परीक्षामा २१७औँ स्थान हासिल गरी पूर्ण छात्रवृत्ति प्राप्त गर्न सफल भएकोमा विशेष सम्मान गरिएको थियो। उनलाई सम्मानस्वरूप रु. ५,१०० को चेक तथा प्रशंसा–पत्र प्रदान गरिएको थियो! त्यसैगरी सामुदायिक क्याम्पसतर्फ देश अधिराज्य भरिबाट दोस्रो स्थान हासिल गरेकी बिबिएसका छात्रा अन्जली कुमारी गुप्तालाई नगद रु. ११००० र प्रशंसा पत्रले सम्मानित गरिएको थियो। कार्यक्रमका वक्ताहरूले विद्यार्थीहरुको सफलता व्यक्तिगत उपलब्धि मात्र नभई परिवार, क्याम्पसका शिक्षक शिक्षिकाहरुको समेत अहम भूमिका रहने बताएका थिए । विद्यार्थीहरुको पढाइसँगै अनुशासन, लगनशीलता र सकारात्मक सोचका साथ अगाडि बढ्न आग्रह गर्दै आगामी दिनहरुमा पनि उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता जनाएक को छ! सम्मान तथा बधाई कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका उपाध्यक्ष हरि गौतम क्याम्पस व्यवस्थापन समितिका सल्लाहकार जयप्रकाश खेतान तथा शिक्षक शिक्षिकाहरुको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण मोहम्मद सरोज आलमले गरेका थिए।







COMMENTS