अन्तर विद्यालय हिज्जे, वक्तित्व कला तथा निबन्ध प्रतियोगिता सम्पन्न विद्यार्थीहरूले उत्कृष्ट प्रस्तुति गरेका थिए! क्रिएटिभ विद्यालय समूहको आयोजनामा अन्तर विद्यालय हिज्जे, वक्तित्व कला तथा निबन्ध प्रतियोगिता सम्पन्न भएको छ। कार्यक्रम ओसिस माध्यमिक विद्यालयका संस्थापक प्रधानाध्यापक इन्द्रदेव शाहको अध्यक्षतामा तथा अल्फा टेकका डाइरेक्टर रामसुन्दर चौधरीले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो।
हिज्जे प्रतियोगितातर्फ प्रस्तोता रामसुन्दर चौधरीका अनुसार ओसिस माध्यमिक विद्यालयका आइसा पटेल (कक्षा ४), अनुराग पटेल (कक्षा ४) तथा निरज चौधरी (कक्षा ५) ले प्रथम स्थान हासिल गरेका छन्। त्यस्तै, ग्रीनल्याण्ड माध्यमिक विद्यालयका आसिया खातुन (कक्षा ५), खुसी खातुन (कक्षा ५) तथा समर अजिज (कक्षा ५) दोस्रो स्थान हासिल गरेका छन्। विभूति एकेडेमीका सृष्टि शाह (कक्षा ५), अनन्या गुप्ता (कक्षा ४) तथा अर्जुन सर्राफ (कक्षा ५) तेस्रो स्थान प्राप्त गर्न सफल भएका छन्।

त्यसैगरी, निबन्ध तथा वक्तित्व कला प्रतियोगिताको निर्णय हरि खेतान क्याम्पसका विभागीय सदस्य डा. निरज चौधरीले गरेका थिए। निबन्ध प्रतियोगितातर्फ ग्रीनल्याण्ड माध्यमिक विद्यालयका कक्षा १० मा अध्ययनरत आशिफ मलिकले प्रथम, विभूति एकेडेमीका कक्षा ८ की रागनी पालले दोस्रो तथा कक्षा १० का अङ्कित गुप्ताले तेस्रो स्थान हासिल गरेका छन्।
वक्तित्व कला प्रतियोगितातर्फ विभूति एकेडेमीकी कक्षा ७ की नाभिया गुप्ताले प्रथम, ग्रीनल्याण्ड माध्यमिक विद्यालयका कक्षा ७ का आराध्य गुप्ताले दोस्रो तथा कक्षा ६ की आल्फा खातुनले तेस्रो स्थान हासिल गरेका छन्।



प्रतियोगितामा विभिन्न स्थान हासिल गर्ने विद्यार्थी भाइबहिनीहरूलाई कार्यक्रमका अतिथिहरूबाट सिल्ड, प्रमाणपत्र तथा मेडल वितरण गरिएको थियो। कार्यक्रममा उपस्थित सम्पूर्ण व्यक्तित्वहरूलाई ग्रीनल्याण्ड माध्यमिक विद्यालयका डाइरेक्टर श्री उपेन्द्र पण्डितले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
प्रतियोगिताले विद्यार्थीहरूमा हिज्जे, लेखन तथा वक्तृत्व सीपको विकास गर्नुका साथै अन्तर विद्यालयस्तरमा स्वस्थ प्रतिस्पर्धा, आत्मविश्वास र सिर्जनात्मक क्षमताको अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको अल्फा टेकका डाइरेक्टर रामसुन्दर चौधरीले जानकारी दिनुभएको छ! डाइरेक्टर चौधरीले बताए अनुसार विद्यार्थीहरूको गुणस्तरीय शिक्षा संगै चौतर्फिक विकास गर्ने उद्देश्यले यस्ता अतिरिक्त क्रियाकलापहरूको आयोजना गरिएको अल्फा टेकका डाइरेक्टर रामसुन्दर चौधरीले बताएका छन्!


COMMENTS