$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

ठाराब क्याम्पसका परीक्षार्थी अब्दुल सानी हाकिमले परीक्षा हलभित्रै मोबाइल लगेर 'अर्गनाइजेसनल बिहेभियर' विषयको प्रश्नपत्रको फोटो खिचेका थिए।

बीरगंज स्थित ठाकुराम बहुमुखी क्याम्पसका परीक्षार्थी अब्दुल सानी हाकिमले परीक्षा हलभित्रै मोबाइल लगेर 'अर्गनाइजेसनल बिहेभियर' विषयको ...


बीरगंज स्थित ठाकुराम बहुमुखी क्याम्पसका परीक्षार्थी अब्दुल सानी हाकिमले परीक्षा हलभित्रै मोबाइल लगेर 'अर्गनाइजेसनल बिहेभियर' विषयको प्रश्नपत्रको फोटो खिचेका थिए।  त्रिवि प्रश्नपत्र ‘लिक’ प्रकरण : परीक्षा हलबाटै विद्यार्थीले खिचेका थिए फोटो, शिक्षकले पठाए उत्तर...

त्रिभुवन विश्वविद्यालयको एमबीएस (MBS) प्रथम सेमेस्टरको प्रश्नपत्र लिक प्रकरणमा कुनै बाहिरी गिरोह नभई परीक्षा हलभित्रै बसेका परीक्षार्थी नै प्रत्यक्ष संलग्न रहेको प्रहरीको अनुसन्धानबाट पुष्टि भएको छ । वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसका परीक्षार्थी अब्दुल सानी हाकिमले परीक्षा हलभित्रै मोबाइल लगेर 'अर्गनाइजेसनल बिहेभियर' विषयको प्रश्नपत्रको फोटो खिचेका थिए। उनले सो फोटो ६४४ जना सदस्य आबद्ध रहेको 'MBS First Sem Section C' नामक ह्वाट्सएप ग्रुपमा सेयर गरेपछि अनलाइन कक्षा पढाउने शिक्षक सन्दीप सिंह (सुलभ सर) ले तुरुन्तै उत्तरको पीडीएफ फाइल पठाएर विद्यार्थीहरूलाई डिजिटल माध्यमबाट चिट चोर्न सघाएको अनुसन्धानले देखाएको छ ।

देशभरका ७३ परीक्षा केन्द्रमा १७,३७५ जना परीक्षार्थी सहभागी भएको यस परीक्षाको मर्यादा भङ्ग गर्ने यो कार्यमा संलग्न शिक्षक र विद्यार्थीसहित ६ जनाविरुद्ध शिक्षा ऐन अन्तर्गत मुद्दा दायर गरिएको छ । डिजिटल ग्रुपका एड्मिन अतुल कुमार मिश्रले करिब १,००० सम्म विद्यार्थीलाई अनलाइनमा जोडेर यस्तो अवैध धन्दा चलाएको फेला परेको छ, जसका कारण संलग्नहरूलाई शिक्षा ऐन अनुसार ६ महिनासम्म कैद र १ लाख रुपैयाँसम्म जरिवाना हुन सक्छ । परीक्षा केन्द्रहरूमा मोबाइल चेकिङको फितलो व्यवस्था र प्रविधिको दुरुपयोगका कारण सिङ्गो विश्वविद्यालय र हजारौँ जेहेन्दार विद्यार्थीको भविष्यमाथि गम्भीर खेलबाड भएको छ । यस्ता गलत  विद्यार्थीहरूको गतिविधिका कारण आज धेरै विद्यार्थीहरूको भविष्यमाथि प्रश्न चिन्ह खडा भएको छ। 

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content