नेपाल प्रौढ संघ पर्सा द्वारा निशुल्क भोजन कार्यक्रम सम्पन्न । बिरगंज। नेपाल प्रौढ संघ पर्साले रेल्वेरोडमा अवस्थित पन्चमुखी हनुमान मन्दिर छेउमा शनिबार निशुल्क भोजन कार्यक्रम शुभारम्भ गरि सुसम्पन्न गरेको छ । सो निशुल्क भोजन शिविरमा आयोजक संघका सेवकहरुले बाटोमा हिडने पर्यटक ,बटुवा, रिक्सा , ठेला , इरिक्सा चालक, बिपन्न असहायहरुलाई दाल भात,आलु भन्टा मुलाको मिक्स तरकारी र भुटेको हरियो खुर्सानी ,काक्रो मुला र टमाटरको सलादहरु निशुल्क भोजन गराएका हुन ।
नेपाल प्रौढ संघ पर्साका अध्यक्ष नन्दलाल राउत अहिरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सेवकहरु सल्लाहकारहरु वरिष्ठ समाजसेवी गौरी गुप्ता , वीरगन्ज कपडा बैंकका अध्यक्ष संचारकर्मी लालबाबु सिंह , अमरटोल टोल सुधार समिती वीरगन्जका सचिव युवा समाजसेवी नवराज भट्टराई , कोषाध्यक्ष श्रवण बहादुर रायमाझी ,सचिव रितेश गुप्ता , सन्जिब श्रीवास्तव ,युवा अभियन्ता सन्चारकर्मी आकाश पटेल लगायत संघका पदाधिकारी सदस्यहरु एवं स्थानिय अग्रज ,युवाहरुको बाक्लो सहभागिता रहेको थियो।
सो अवसरमा सेवा गर्दै बिरगंज कपडा बैंकका अध्यक्ष सिंहले दिन दुखी असहायको सेवा सहयोग नै हामी मानवको सबै भन्दा ठूलो धर्म भएकोले संघका सेवकहरुले घर जस्तो सफा स्वच्छ ,पोषिलो, गुणस्तरीय भोजन खुवाएर गरेको सेवा निकै सराहनिय रहेको साथै भोजमा खुवाएको जस्तो बसाएर सोधी सोधी थपेर भोजन खुवाएर सेवा गरेको देख्दा असाध्यै खुशी लागेको बताउदै यस्तो सुकार्य सधै र हरेक टोल शहरमा निरन्तरता दिनु पर्छ बताउदै नेपाल प्रौढ संघ पर्साको सराहनीय सुअभियानमा सम्पुर्णलाई हातेमालो गरी मानवता बलियो बनाउन आग्रह पनि गर्नु भयो ।
संघका अध्यक्ष अहिरले सो निशुल्क भोजन कार्यक्रम प्रत्येक महिनाको १ पटक पहिलो शनिबार बिहान ९.३० बजे देखि आयोजना गरिने जानकारी दिदै यो निशुल्क भोजन शिविर कार्यक्रम संघका पदाधिकारी एवम् सहयोगी दाताहरुको सहयोगले शुभारम्भ गरिएको र उहाहरुको चाहना , साथ, सहयोग भए प्रत्येक महिनाको पहिलो शनिबार मात्र नभएर प्रत्येक १५ दिनमा र तत्पश्चात प्रत्येक शनिबार आयोजना गरि दिन दुखी असहायको सेवा सहयोग गर्न आफुहरु तैयार रहेको मात्र मानवताप्रेमी सहयोगी हातहरु को हातेमालोको आवश्यकता रहेको आग्रह गरेका थिए ।
सेवामा सहभागी सेवकहरुको सेवा देखेर निशुल्क भोजन खाएर सबैले सेवकहरुको साथै समाज परिवारको मुरि मुरि प्रसंशा गरेका थिए ।

COMMENTS