ब्रह्माकुमारी राजयोग सेवा केन्द्र द्वारा आयोजित युवा जागृतिद्वारा विश्व परिवर्तनको सन्देशसहित वीरगञ्जमा युवा सम्मेलन कार्यक्रम सम्पन्न
वीरगञ्ज । ब्रह्मकुमारी राजयोग सेवा केन्द्रद्वारा आयोजित अन्तर्राष्ट्रिय युवा दिवस २०२६ को अवसरमा वीरगञ्जमा ‘युवा जागृतिद्वारा विश्व परिवर्तन’ (Youth Awakening for World Transformation) विषयक प्रेरणामूलक युवा सम्मेलन आयोजना गरिएको छ।
युवा प्रभा वीरगञ्जको आयोजनामा सम्पन्न सम्मेलनमा युवालाई सकारात्मक सोच, आत्मअनुशासन, सामाजिक उत्तरदायित्व तथा राष्ट्र निर्माणमा सक्रिय सहभागिताका लागि प्रेरित गरिएको थियो। कार्यक्रममा ब्रह्माकुमारी राजयोगिनी रविना दिदीको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक पवन कुमार भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा उहाँले अहिलेका युवाहरू समाज परिवर्तन र लागू औषध मादक पदार्थ बाट टाढा रहेर अगाडि बढ्न र समाजमा अपराध हुनबाट जोगाउन प्रहरीलाई सूचना दिएर सहयोग गर्न अपिल गर्नुभएको थियो।
कार्यक्रममा ब्रह्माकुमारी बेली दिदी, युवा प्रभाका क्षेत्रीय संयोजक गोवर्धन, युवा प्रभाका क्षेत्रीय सहसंयोजक
गोकुललगायत विभिन्न क्षेत्रका अतिथि तथा सहभागीहरूको स्वागत गर्नु भएको थियो।
कार्यक्रमको सुरुवात पुष्पगुच्छाबाट अतिथिहरूलाई स्वागत गर्दै गरिएको हो। कार्यक्रममा प्रमुख अतिथि प्रहरी उपरीक्षक भट्टराईले दीप प्रज्वलन गरी सम्मेलनको औपचारिक उद्घाटन गर्नु भएको थियो। कार्यक्रममा स्वागत मन्तव्य, स्वागत नृत्य तथा चित्र प्रदर्शनीसमेत प्रस्तुत गरिएको थियो।
सम्मेलनको मुख्य विषय ‘युवा जागृतिद्वारा विश्व परिवर्तन’ माथि विशेष मन्तव्य राख्दै युवाको चेतना, सकारात्मक सोच र व्यवहारमा परिवर्तनले समाज तथा राष्ट्रमा दीर्घकालीन सकारात्मक प्रभाव पार्न सक्ने धारणा व्यक्त गरिएको थियो। कार्यक्रममा सहभागी युवालाई आफ्नो क्षमता पहिचान गरी समाजमा सकारात्मक परिवर्तनका संवाहक बन्न आह्वान गरिएको थियो।
कार्यक्रमम मन्तव्य राख्दै युवाहरूले मानवता, सेवा र सामाजिक जिम्मेवारीलाई प्राथमिकतामा राख्नुपर्ने बताए। उनले युवा पुस्ताको ऊर्जा र सिर्जनशीलतालाई सही दिशामा परिचालन गर्न सके समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिने धारणा व्यक्त गरे।
सम्मेलनमा सहभागीहरूलाई सकारात्मक जीवनशैली, अनुशासन, आत्मविश्वास, सेवा भावना र सामाजिक सद्भावका विषयमा प्रेरणादायी सन्देश दिइएको थियो। कार्यक्रममा सहभागीहरूले सामूहिक रूपमा प्रतिज्ञासमेत गरेका थिए।
त्यसैगरी रोट्र्याक्ट क्लब वीरगञ्जका अध्यक्षले पनि युवाको भूमिका र सामाजिक उत्तरदायित्वका विषयमा मन्तव्य राखेका थिए। कार्यक्रममा राजयोग कमेन्ट्री, शुभाशीष वचन तथा समापन मन्तव्यसमेत राखिएको थियो।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर आयोजित सम्मेलनले युवामा सकारात्मक सोच र जागरण अभिवृद्धि गर्दै समाज रूपान्तरणमा उनीहरूको भूमिका बलियो बनाउने उद्देश्य लिएको आयोजकले जनाएको छ। कार्यक्रमको अन्त्यमा सहभागी तथा अतिथिहरूलाई सौगात वितरण गरी सामूहिक फोटो सेसन गरिएको थियो।
आयोजकका अनुसार युवा पुस्तामा चेतना, आत्मविश्वास, सेवा भावना र नेतृत्व क्षमता विकास गर्दै युवालाई समाज तथा राष्ट्रको सकारात्मक परिवर्तनको आधार बनाउने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिइनेछ। कार्यक्रमको सहजीकरण ब्रह्माकुमारी राजयोग सेवा केन्द्रकी गोपिनी श्रेष्ठले गरेकी थिइन्।



















COMMENTS