वीरगञ्ज–८ मा K & V ट्रेडर्स सञ्चालनमा आउँदै युवाहरूलाई प्रोत्साहन गरौँ
वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–८ मा युवाहरूलाई लक्षित गर्दै K & V ट्रेडर्स सञ्चालनमा आउन लागेको छ।
पछिल्लो समय बजारमा लोकप्रिय तथा नयाँ डिजाइनका फेसनयुक्त कपडाहरू उपलब्ध गराउने उद्देश्यले ट्रेडर्स सञ्चालनमा ल्याउन लागिएको सञ्चालकले बताएका छन्। पसलमा युवाहरूको रोजाइ र पछिल्लो फेसनअनुसार विभिन्न डिजाइनका गुणस्तरीय लुगाहरू उपलब्ध हुने जनाइएको छ।
K & V ट्रेडर्सको भोलि बिहान ११ बजे वीरगञ्जको घण्टाघरबाट करिब ५०० मिटरको दूरीमा रहेको Ncell सेन्टरको कार्यालयको ठीक अगाडि उद्घाटन हुने बताइएको छ।
उद्घाटन कार्यक्रममा सम्पूर्ण वीरगञ्जवासी तथा विशेषगरी युवाहरूलाई उपस्थित भइदिन सञ्चालक विश्वनाथ सर्राफ (राजु) ले आग्रह गरेका छन्।
K & V ट्रेडर्सले नयाँ डिजाइन, गुणस्तरीय कपडा तथा युवाहरूको रोजाइलाई प्राथमिकतामा राख्दै सेवा प्रदान गर्ने जनाएको छ।

COMMENTS