रु १ करोड लायन्स क्लब अफ पोखरिया लगायत डिष्ट्रिक्ट ३२५ ‘S’ अन्तर्गतका सम्पूर्ण लायन्स क्लबहरूले सहयोग गर्ने 🦁 विपद्को घडीमा लायन्सको साथ 🙏
लायन्स क्लब अफ पोखरिया लगायत डिष्ट्रिक्ट ३२५ ‘S’ अन्तर्गतका सम्पूर्ण लायन्स क्लबहरू भोटेकोशी तथा ल्हेन्दे खोलामा आएको विनाशकारी बाढीबाट प्रभावित पीडितहरूको सहयोगार्थ आ–आफ्नो ठाउँबाट सहयोग, समन्वय तथा मानवीय सेवामा निरन्तर जुटिरहेका छन्। मानवीय अभियानअन्तर्गत एरिया नं. ३ को बैठकले महत्वपूर्ण निर्णय गर्दै एरिया नं. ३ को तर्फबाट नगद सहयोग संकलन गरी Lions International District 325 ‘S’ मार्फत नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ।
यसअघि लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ ‘S’, नेपाल को तर्फबाट रु. ६,६६,६६६/- (अक्षरेपी: छ लाख छैसट्ठी हजार छ सय छैसट्ठी रुपैयाँ मात्र) को चेक नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गर्ने प्रयोजनका लागि मल्टिपल काउन्सिल चियरपर्सनज्यूलाई हस्तान्तरण गरिएको छ।
त्यसैगरी, बाढीबाट प्रभावित पीडितहरूको सहयोगार्थ लायन्स इन्टरनेशनल मल्टिपल डिष्ट्रिक्ट ३२५, नेपालले रु. १ करोड राहत सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।
विपद्को यस कठिन घडीमा पीडित परिवारहरूको साथमा उभिनु, सहयोगको हात बढाउनु र आशाको भावना जगाउनु नै लायन्स सेवाको मूल भावना हो।
यस मानवीय अभियानमा सहयोग, समन्वय र सेवामा निरन्तर जुटिरहनुभएका सम्पूर्ण लायन्स क्लब, लायन्स सदस्य, पदाधिकारी तथा शुभेच्छुकहरूमा हार्दिक आभार तथा धन्यवाद। 🙏🦁
विपद्मा साथ — सेवामा हातेमालो।
🦁 We Serve 🦁
— नेजामुद्दीन शमानी
अध्यक्ष लायन्स क्लब अफ पोखरिया

COMMENTS