सनलाइट +2 कलेजले ८० हजार ५०१ रुपैया रसुवा बादी पिडितहरुलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग
सनलाइट +2 कलेजले प्याब्सन पर्सामार्फत ५५ हजार ५ सय रुपैयाँ र हिसान पर्सामार्फत २५ हजार १ रुपैयाँ गरी कुल ८० हजार ५ सय १ रुपैयाँ सहयोग गरेको हो।
प्याब्सन पर्सामार्फत प्रदान गरिएको सहयोगको चेक सनलाइट कलेजका प्रिन्सिपल आलोककुमार चौरसिया र सञ्चालक धनञ्जय चौरसियाले प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरी तथा प्याब्सन वीरगञ्ज महानगरका अध्यक्ष राहुल श्रीवास्तवलाई हस्तान्तरण गरेका थिए।त्यस्तै, हिसान पर्सामार्फत गरिएको २५ हजार १ रुपैयाँ सहयोगको चेक पनि प्रिन्सिपल चौरसिया र सञ्चालक चौरसियाले हिसान पर्साका अध्यक्ष मुकेश गुप्तालाई हस्तान्तरण गरेका हुन्।
बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको सनलाइट परिवारले जनाएको छ।
चेक हस्तान्तरण गर्दै प्रिन्सिपल आलोककुमार चौरसिया र सञ्चालक धनञ्जय चौरसियाले प्राकृतिक विपद् तथा संकटका समयमा पीडित नागरिकको सहयोगमा आगामी दिनमा पनि आफ्नो तर्फबाट निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।
उनीहरूले विपद्को समयमा प्रभावित नागरिकलाई राहत तथा उद्धार उपलब्ध गराउने कार्यमा राज्यसँगै निजी क्षेत्र तथा शैक्षिक संस्थाहरूले समेत सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्ने बताए।
प्याब्सन तथा हिसान पर्साका पदाधिकारीहरूले सहयोगका लागि सनलाइट परिवारप्रति आभार व्यक्त गर्दै प्राप्त रकम विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा उपयोग हुने बताएका छन्।
सनलाइट परिवारको सहयोगले प्राकृतिक विपद्का समयमा निजी क्षेत्र तथा शैक्षिक संस्थाहरूको सामाजिक उत्तरदायित्व र मानवीय सहयोगमा कलेज पनि यस दुखद घडीमा सहभागिता भएको प्रिन्सिपल चौरसियाले बताएका हुन्। कलेजले शिक्षा सँगसँगै मानवीय व्यवहारलाई पनि उत्तिकै चिन्ताको विषय बनाएकोले यस्ता दुःखदको घडीमा कलेजले पनि आफ्नो उपस्थिति जनाएको छ!


COMMENTS