वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवामा रहेको सन लाइट कलेजले BBA प्रथम सेमेस्टरको परीक्षामा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको ...
वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवामा रहेको सन लाइट कलेजले BBA प्रथम सेमेस्टरको परीक्षामा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको प्रिन्सिपल आलोक चौरसियाले बताएका छन्। राजर्षि जनक विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजका विद्यार्थीहरूले हालै सम्पन्न परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेका हुन्। विद्यार्थीहरूको यो सफलताले कलेजमा प्रदान हुँदै आएको शिक्षण पद्धति, विद्यार्थीहरुको मेहनत र शिक्षक–शिक्षिकाहरुको मार्गदर्शनको प्रभावलाई थप प्रमाणित गरेको कलेजका प्रिन्सिपल चौरसियाले जनाएका छन् । शतप्रतिशत नतिजापछि कलेज परिवारले सफल विद्यार्थीहरूलाई बधाई दिँदै आगामी शैक्षिक यात्राका लागि शुभकामना एव बधाई व्यक्त समेत गरेका हुन। प्रिन्सिपल चौरासियाको भनाइ अनुसार विद्यार्थीहरुको निरन्तर मेहनत, अनुशासन, लगनशीलता र शिक्षकहरूको उचित मार्गदर्शन नै उत्कृष्ट नतिजाको मुख्य आधार हो भनेर बताए। विद्यार्थीलाई केवल परीक्षामा सफल बनाउनेभन्दा पनि भविष्यमा दक्ष, सक्षम र नेतृत्वदायी व्यावसायिक जनशक्ति निर्माण गर्ने लक्ष्यसहित शैक्षिक गतिविधि सञ्चालन गर्दै आएको कलेजको भनाइ छ। यसैबीच, सन लाइट कलेजले नयाँ शैक्षिक सत्रका लागि BBA र BCA कार्यक्रममा भर्ना खुला गरेको जनाएको छ। गुणस्तरीय शिक्षा, व्यावहारिक सिकाइ र सफलतामुखी शैक्षिक वातावरणलाई प्राथमिकता दिँदै आएको कलेजले इच्छुक विद्यार्थी तथा अभिभावकलाई कलेजमा सम्पर्क गर्न आग्रह गरेको छ। भर्ना तथा थप जानकारीका लागि इच्छुक विद्यार्थी तथा अभिभावकले कलेजमा प्रत्यक्ष सम्पर्क गर्न वा ९८६२७८०६८७ र ९८०९१००६४२ मा फोन गर्न सक्नेछन् भनेर प्रिन्सिपल आलोक चौरसियाले जानकारी दिनुभएको छ। कलेजले गुणस्तरीय शिक्षा सँगसँगै व्यवहारिक शिक्षाको पनि उत्तिकै महत्तो दिइरहेको प्रिन्सिपल चौरसियाले बताएका छन्! हामी केवल किताबी ज्ञान मात्र नभएर अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै विद्यार्थीहरुलाई महतोको साथ प्राथमिकतामा राखेर शिक्षा दिइरहेका छौं भनेर प्रिन्सिपल चौरसियाले बताउनुभयो!

COMMENTS