$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

प्रहरीमाथि हातपात गर्नेलाई छुटाउन ठूलै कसरत हुदै

 सुरक्षा दिने निकायमाथि यसरी आक्रमण गर्नु अहिले वीरगंजमा चर्चाको विषय बनिरहेको छ। प्रहरीले प्रहरीमाथि हातपात गर्ने विशाल कुमार शाह अजय कुमार...

 सुरक्षा दिने निकायमाथि यसरी आक्रमण गर्नु अहिले वीरगंजमा चर्चाको विषय बनिरहेको छ। प्रहरीले प्रहरीमाथि हातपात गर्ने विशाल कुमार शाह अजय कुमार गुप्ता र विशाल यादवलाई अभद्र व्यवहारको मुद्दा प्रहरीले चलाएको छ। वीरगञ्ज महानगरपालिकाको बसपार्क क्षेत्रमा रहेको थ्री स्टार होटलमा छापा मार्न पुगेको प्रहरी टोलीमाथि हातपात तथा झडप भएको घटनाले सुरक्षा व्यवस्थामाथि नै गम्भीर प्रश्न खडा गरेको छ। यसरी प्रहरीमाथि हातपात गर्ने व्यक्तिलाई कडाभन्दा कडा सजाय हुनुपर्ने स्थानीय स्तरबाट आवाज उठ्न थालेको छ। सुरक्षा दिने निकायलाई यसरी उ माथि आक्रमण गर्नु निन्दनीय भएको भन्दै कानुनी दायरामा ल्याउन अति आवश्यक रहेको बताएका छन्। अहिले पक्राउ परेका तीनैजना व्यक्तिलाई छुटाउनलाई निकै ठूलै राजनीतिक चलखेल भइरहेको बुझिएको छ। 

भाद्र १३गते शनिबारको दिन होटलमा छापा मार्ने क्रममा केही समूहले प्रहरीमाथि हातपात गरेपछि, झडपमा प्रहरीहरू घाइते समेत भएको प्रहरी स्रोतले जनाएको छ।


घटनापछि वडा प्रहरी कार्यालय श्रीपुर र वडा प्रहरी कार्यालय बिर्ताको संयुक्त टोलीले ९ जनालाई नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिइएकामध्ये ६ जनालाई सामान्य जिम्मा–जमानीमा रिहा गरिएको थियो। 


तर झडपमा मुख्य भूमिका खेलेको आरोप लागेका तीन जना भने प्रहरी नियन्त्रणमै छन। उनीहरूमाथि घटनाको अनुसन्धान गरी प्रहरीमाथि अभद्र व्यवहार तथा अवरोधलगायतका कसुरमा मुद्दा दर्ता भएको प्रहरी स्रोतको दाबी छ।


यता, प्रहरीमाथि नै हातपात गर्ने बिशाल कुमार साह अजय कुमार गुप्ता र विशाल यादव उनीहरूलाई अभद्र व्यवहार मुद्दा  चलाइएको प्रहरीले जनाएको छ।  यस्तो गम्भीर घटनामा नियन्त्रणमा रहेका तीनै जनालाई छुटाउन प्रहरी माथि राजनीतिक दबाब र चलखेल सुरु भएको बुझिएको छ। कानुन कार्यान्वयन गर्ने निकायमाथि प्रत्यक्ष आक्रमण भएको घटनामा समेत राजनीतिक पहुँच प्रयोग गरेर आरोपितलाई उन्मुक्ति दिलाउने प्रयास भइरहेको हो भने यसले प्रहरीको मनोबलमाथि समेत गम्भीर असर पार्ने देखिन्छ।


प्रहरीमाथि हातपात गर्ने समूहलाई राजनीतिक संरक्षण दिने प्रयास हो भने त्यो कानुनको खिल्ली उडाउने काम मात्र होइन, राज्यको सुरक्षा संयन्त्रमाथिकै चुनौती हुनेछ। घटनामा संलग्न व्यक्तिमाथि निष्पक्ष अनुसन्धान र कानुनी कारबाही हुन्छ कि राजनीतिक पहुँचका आधारमा उन्मुक्ति दिइन्छ भन्ने विषय अहिले वीरगञ्जमा चासोको विषय बनेको छ।


प्रहरीमाथि आक्रमण गर्नेहरूलाई कारबाही गर्नुको सट्टा दबाब, पहुँच र राजनीतिक प्रपञ्च हाबी भए प्रहरीको अधिकार र राज्यको कानुनी शासनमाथि नै प्रश्न?


यस विषयमा बुझ्न जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्तासंग बुझ्न खोज्दा उहाँको फोन नै उठेन भने प्रहरीको अधिकारीक धारणा आएको छैन।  प्रहरीले यस्ता व्यक्तिहरूलाई कडाभन्दा कडा कारबाही गर्न अति आवश्यक रहेको जनगुनासो आउन थालेको छ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content