सामाजिक उत्तरदायित्व बहन गर्दे शिवम् बचत तथा ऋण सहकारी संस्था द्वारा बादी पिडितहरुको लागि राहत प्रधानमन्त्री राहत कोषमा २ लाख ५१ हजार आर्थिक सहयोग.वीरगञ्ज । रसुवा जिल्लामा भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि वीरगञ्ज महानगरपालिका–१०, रानीघाटस्थित शिवम् बचत तथा ऋण सहकारी संस्था लिमिटेडले समाजिक उत्तरदायित्व बहन गर्दै प्रधानमन्त्री राहत कोषमा २ लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।
शिवम् बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संचालक समितिका अध्यक्ष शिवजी प्रसाद कलवारले बाढीपीडितहरूलाई मानवीय सहायता पुर्याउने उद्देश्यले संस्थाको तर्फबाट उक्त रकम प्रधानमन्त्री राहत कोषमा सहयोग गरिएको संचालक समितिका अध्यक्ष कलवारले जानकारी दिनु भएको हो। उहाँले भने रसुवा जिल्लामा भोटेकोशी नदीमा आएको बाढीका कारण स्थानीय बासिन्दाहरुको धनजनमा ठूलो क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको घटनाप्रति दुःख व्यक्त गर्दै संचालक समितिका अध्यक्ष कलवारले विपद्को समयमा पीडित परिवारहरुलाई सहयोग गर्नु सबैको सामाजिक उत्तरदायित्व निर्वाह गर्न आफ्नो संस्था पनि पर्सा जिल्लाबाट भएको बताउनुभयो। अध्यक्ष कलवारको भनाइ अनुसार पर्सा जिल्लाबाट पनि विपद्मा परेका रसुवाका नागरिकहरूलाई सहयोग गर्ने उद्देश्यले यो आर्थिक सहयोग गरिएको अध्यक्ष कलवारले बताएका हुन। बाढीबाट प्रभावित परिवारको तत्कालीन राहत तथा आवश्यक खाद्यान्न तथा जिन्सी खरिद गर्न सहयोग होस् भन्ने हेतुले यो अभियानमा शिवम सहकारीको केही भए पनि योगदान पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको अध्यक्ष कलवारको भनाइ रहेको छ।
सहकारीले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न समयमा समुदाय तथा विपद्मा परेका नागरिकलाई सहयोग गर्दै आएको जनाउँदै आगामी दिनहरुमा पनि आवश्यकता अनुसार मानवीय तथा सामाजिक सेवाका लागि निरन्तरता रहने प्रतिबद्धता समेत अध्यक्ष कलवारले जनाएको छन् ।
बाढी तथा प्राकृतिक विपद्का कारण समस्यामा परेका नागरिकको राहतका लागि विभिन्न संघसंस्था, व्यवसायी तथा सर्वसाधारणबाट सहयोग जुटिरहेको अवस्थामा शिवम् सहकारीको यो सहयोगले राहत अभियानमा थप टेवा पुग्ने अपेक्षा आफूहरूले लिएको बताएका छन्। त्यसैगरी संस्थाका प्रबन्धक राजेन्द्र प्रसाद जैसवालले मानवीय सहकार्यमा जहिले पनि आफूहरू अग्रसर भएर काम गर्ने बताएका हुन् हाम्रो मानवीय सेवामा जहिले पनि समर्पित भई काम गर्ने संस्था भएकोले यस्ता आपत विपत परेको बेलामा जस्तोसुकै समयमा पनि उभिरहने प्रतिबद्धता जनाएका छन्।
त्यसैगरी शिवम बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक समितिका सचिव शर्मानन्द कुशवाले यस शिवम सहकारी संस्था दैविक प्रकोपमा जहिले पनि साथमा रहने भएकोले आफूहरूले सानातिना बचतकर्ताहरूको बचतलाई सुरक्षित राख्ने दायित्व मात्रै नभएर देशमा अप्रिय घटना भएको खण्डमा हातेमालो गर्न सधैँ अग्रसर भई अगाडि बढिरहेको उद्घोष समेत गरेका छन्। कार्यक्रममा शिवम बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक समितिका सदस्यहरू रिजवान अहमद नरसुदिन अन्सारी वीरेन्द्र आर्य राजीव जयसवाल तथा कर्मचारीहरूको उपस्थिति रहेको सञ्चालक समितिका सचिव शर्मानन्द कुशवाहाले जानकारी दिनुभएको छ।

COMMENTS