$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

प्याब्सन स्मार्ट माइन्ड्स सिनियर तर्फ रोयल एकेडेमी प्रथम ज्ञानज्योति मावि दोस्रो साउथ जोन मावि तेस्रो स्थान हासिल

प्याब्सन स्मार्ट माइन्ड्स सिनियर तर्फ रोयल एकेडेमी प्रथम ज्ञानज्योति मावि दोस्रो साउथ जोन मावि तेस्रो स्थान हासिल    प्याप्सन जिल्ला कार्यसम...

प्याब्सन स्मार्ट माइन्ड्स सिनियर तर्फ रोयल एकेडेमी प्रथम ज्ञानज्योति मावि दोस्रो साउथ जोन मावि तेस्रो स्थान हासिल    प्याप्सन जिल्ला कार्यसमिति पर्सा र  प्याप्सन महानगर वीरगन्जको संयुक्त आयोजनामा सञ्चालित अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ को सिनियरतर्फको फाइनल सम्पन्न भएको छ। फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै रोयल एकेडेमी १७० अंकसहित प्रथम हुँदै उपाधि हात पार्न सफल भएको छ।

वीरगन्जस्थित डिएभी स्कुलमा मंगलबार सम्पन्न फाइनलमा पाँच विद्यालयबीच उपाधिका लागि प्रतिस्पर्धा भएको थियो। फाइनलमा गोल्डेन फ्युचर सेकेन्डरी स्कुल, मास्कट एकेडेमी, साउथ जोन सेकेन्डरी स्कुल, रोयल एकेडेमी र ज्ञानज्योति माध्यमिक विद्यालय सहभागी थिए।

प्रतियोगितामा रोयल एकेडेमीले १७० अंक प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको हो। साउथ जोन सेकेन्डरी स्कुल र ज्ञानज्योति माध्यमिक विद्यालयले समान १६५ अंक प्राप्त गरेपछि दोस्रो र तेस्रो स्थान निर्धारणका लागि टाइब्रेकर सञ्चालन गरिएको थियो। टाइब्रेकरमा बाजी मार्दै ज्ञानज्योति माध्यमिक विद्यालय दोस्रो र साउथ जोन सेकेन्डरी स्कुल तेस्रो भएका छन्।गोल्डेन फ्युचर सेकेन्डरी स्कुल र मास्कट एकेडेमीले सानतावना स्थान हासिल गरेका छन्।प्रतियोगितामा प्याब्सन वीरगन्जसँग आबद्ध ३१ विद्यालय सहभागी थिए। विभिन्न चरणमा प्रतिस्पर्धा गर्दै उत्कृष्ट प्रदर्शन गरेका पाँच विद्यालयले सिनियरतर्फको फाइनलमा स्थान बनाएका हुन्।

प्रतियोगिताका संयोजक तथा प्याब्सन वीरगन्जका सचिव अमित आलोकका अनुसार विद्यार्थीको ज्ञान, तर्क क्षमता, सामान्य जानकारी तथा स्वस्थ प्रतिस्पर्धात्मक भावनाको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।

फाइनल प्रतियोगिताको उद्घाटन प्याब्सन पर्साका अध्यक्ष सरोजप्रसाद चौधरी र प्याब्सन वीरगन्जका अध्यक्ष राहुल श्रीवास्तवले संयुक्त रूपमा गरेका थिए।  माता सरस्वतीको तस्वीरमा माल्यार्पण गरी प्रतियोगिताको औपचारिक उद्घाटन गरिएको थियो । 

कार्यक्रमका प्रमुख अतिथि प्याब्सन मधेश प्रदेशका अध्यक्ष गणेश साह थिए। कार्यक्रमको सहजीकरण प्याब्सन पर्साका सचिव अशोक सङ्ग्रौलाले गरेका थिए भने स्वागत मन्तव्य प्याब्सन पर्साकी महिला वरिष्ठ उपाध्यक्ष सुशिला साहले गरेकी थिइन्।

कार्यक्रममा प्याब्सनका केन्द्रीय प्राज्ञिक सदस्य डा। हरिशंकर शाह, प्याब्सन मधेश प्रदेशका सल्लाहकार इमामुदिन अहमद, प्याब्सन वीरगन्जका नगर सदस्य विजय बल र सुमित कलवार, वरिष्ठ सल्लाहकार प्रकाश उपाध्याय, डिएभी स्कुलका राकेश मिश्रा, धनुषाका अध्यक्ष नवलकिशोर साह, लिटल एन्जल्स स्कुलका प्रधानाध्यापक सन्नी पाख्रिनलगायतको उपस्थिति थियो। प्रतियोगिताको सहजीकरण प्याब्सन महानगर वीरगंजका सचिव अमित आलोकले गरेका थिए  प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने विद्यालय तथा विद्यार्थीलाई प्रमाणपत्र, मेडल र मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो । आयोजकका अनुसार प्रतियोगिताले विद्यार्थीको बौद्धिक क्षमता अभिवृद्धि गर्नुका साथै विद्यालयहरूबिच स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ । सोही कार्यक्रममा बाढीपीडितहरुका लागि रु १५ लाख

 प्याब्सन पर्साले  सहयोग गरेको पर्साका अध्यक्ष सरोजप्रसाद चौधरीले जानकारी पनि दिइएको छ । प्याब्सन पर्साले सङ्कलन गरेको उक्त रकमको चेक प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरिएको हो । विपद्बाट प्रभावित परिवारको राहत तथा पुनः स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले सो रकम सहयोग गरिएको प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीले जानकारी दिनुभएको छ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content