$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

ममता विद्या मन्दिर (एमभीएम) कलेजमा कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूको स्वागत कार्यक्रम

ममता विद्या मन्दिर (एमभीएम) कलेज, वीरगञ्जले बीबीए तथा एमबीए कार्यक्रममा कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूको स्वागत तथा उनीहरूको नयाँ...


ममता विद्या मन्दिर (एमभीएम) कलेज, वीरगञ्जले बीबीए तथा एमबीए कार्यक्रममा कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूको स्वागत तथा उनीहरूको नयाँ शैक्षिक यात्राको सुरुवातलाई विशेष र स्मरणीय बनाउने उद्देश्यले ‘फ्रेसर्स एण्ड वेलकम कार्यक्रम’ सम्पन्न गरेको छ।

वीरगञ्जस्थित टाउन हलमा आयोजित कार्यक्रममा बीबीए तथा एमबीए ब्याच २०८३  कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। नयाँ विद्यार्थीहरूलाई कलेज परिवारमा औपचारिक रूपमा स्वागत गर्दै उनीहरूलाई कलेजको शैक्षिक वातावरण, अध्ययन प्रणाली तथा विभिन्न अतिरिक्त क्रियाकलापबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कलेजले जनाएको छ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूले पानसमा दीप प्रज्वलन गरी औपचारिक रूपमा गरेका थिए। कार्यक्रममा नयाँ विद्यार्थीहरूलाई स्वागत गर्नुका साथै उनीहरूबीच आपसी परिचय, आत्मीयता र सहकार्यको भावना विकास गराउने उद्देश्यले विभिन्न गतिविधि प्रस्तुत गरिएको थियो।

कलेजका म्यानेजिङ डाइरेक्टर विश्वास प्रतापका अनुसार नयाँ विद्यार्थीहरूलाई कलेज परिवारसँग घुलमिल गराउँदै उनीहरूको नयाँ शैक्षिक यात्रालाई सहज र उत्साहपूर्ण बनाउन कार्यक्रम आयोजना गरिएको हो। उनले विद्यार्थीहरूलाई अध्ययनसँगै सिर्जनात्मक तथा अतिरिक्त क्रियाकलापमा समेत सहभागी गराउँदै उनीहरूको व्यक्तित्व विकासमा कलेजले जोड दिँदै आएको बताए।

कार्यक्रममा नयाँ विद्यार्थीहरूले आफ्ना सहपाठी, शिक्षक–शिक्षिका तथा कलेज परिवारका अन्य सदस्यसँग परिचित हुने अवसर प्राप्त गरेका थिए। कलेज जीवनको प्रारम्भिक चरणलाई स्मरणीय बनाउन आयोजित कार्यक्रमले विद्यार्थीहरूमा उत्साह, आत्मविश्वास र सकारात्मक ऊर्जा थप्ने विश्वाससमेत व्यक्त गरिएको थियो।

एमभीएम कलेजका संस्थापक शम्भु प्रसाद गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा माननीय न्यायाधीश नवल किशोर यादवको उपस्थिति रहेको थियो। कार्यक्रममा कलेजकी संस्थापिका ममता गुप्ता विशिष्ट अतिथिका रूपमा सहभागी थिइन्। एन प्याब्सन पर्साका अध्यक्ष जियालाल गुप्ता, नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) वीरगञ्ज च्याप्टरका अध्यक्ष चन्दन सिंह, कलेजका म्यानेजिङ डाइरेक्टर विश्वास प्रताप लगायतले शुभकामना तथा बधाई दिनुका उच्च शिक्षाको सफलताको कामना गरेका थिए। विभिन्न क्षेत्रका अतिथि, कलेजका शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमले नयाँ विद्यार्थीहरूलाई कलेजको वातावरणसँग परिचित गराउनुका साथै उनीहरूको शैक्षिक यात्राको सुरुवातलाई उत्साहपूर्ण र आत्मीय बनाएको कलेजले जनाएको छ। कलेजले आगामी दिनमा पनि विद्यार्थीहरूको शैक्षिक विकाससँगै नेतृत्व क्षमता, सिर्जनशीलता तथा व्यक्तित्व विकासमा केन्द्रित विभिन्न कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content