वीरगंज महानगरपालिका वडा नम्बर –१२,मा रहेको सगरमाथा एकेडेमी बोर्डिङ स्कुलमा श्रीकृष्ण जन्माष्टमीको अवसरमा विशेष कार्यक्रमको आयोजना गरी भगवान् श्रीकृष्णको जन्मोत्सव भव्य रूपमा मनाइएको प्रिन्सिपल जियालाल गुप्ताले बताएका छन्। उनले बताए अनुसार कार्यक्रममा प्ले ग्रुप (P.G.) देखि कक्षा १० सम्मका विद्यार्थीहरूले भगवान् श्रीकृष्ण तथा राधाको आकर्षक भेषभूषामा सजिएर विद्यार्थीहरू सहभागी भएका थिए। विद्यार्थीहरूले मुकुट तथा हातमा बाँसुरीसहित श्रीकृष्णको स्वरूप प्रस्तुत गरेका थिए भने राधाको भेषमा समेत आकर्षक प्रस्तुति दिएका थिए।
विद्यार्थीहरूले भगवान् श्रीकृष्णको जीवन तथा उहाँले दिनुभएको प्रेम, सत्य, धर्म, कर्तव्य र मानवतासम्बन्धी सन्देश प्रस्तुत गर्दै श्रीकृष्ण जन्माष्टमीको धार्मिक तथा सांस्कृतिक महत्वबारे जानकारी गराएका थिए। कक्षा ९ का विद्यार्थी कृष्ण साहले विशेष प्रस्तुति दिएका थिए भने प्राविधिक व्यवस्थापनमा समेत कक्षा ९ का विद्यार्थीहरूको सहयोग रहेको थियो।कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक सञ्जीव यादवले गरेका थिए। उनले कार्यक्रमलाई व्यवस्थित तथा रोचक ढंगले सञ्चालन गर्दै श्रीकृष्ण जन्माष्टमीको धार्मिक तथा सांस्कृतिक महत्वबारे प्रकाश पारेका थिए।
कार्यक्रममा विद्यार्थीका अभिभावकहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो। अभिभावकहरूले विद्यार्थीहरूको प्रस्तुति अवलोकन गर्दै कार्यक्रमप्रति खुसी व्यक्त गरेका थिए।विद्यालयले यस्ता धार्मिक तथा सांस्कृतिक कार्यक्रमले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गराउनुका साथै उनीहरूलाई संस्कार, संस्कृति र परम्परासँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने जनाएको छ।
कार्यक्रममार्फत विद्यार्थीहरूले ‘प्रेम, सत्य, धर्म र कर्तव्यको मार्गमा अघि बढौँ’ भन्ने सकारात्मक सन्देश विद्यार्थीहरूले दिएका छन्!



COMMENTS