वीरगंजस्थित विश्वामा भदौ २८ गते २०८३ मा सम्पन्न प्रतियोगितामा लिटिल बडीका विद्यार्थीहरूले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गर्दै पहिलो र दोस्रो स्थान हासिल गरेका छन् ।
प्रतियोगितामा कव्यांश श्रीवास्तवले १५ केजी तर्फको ब्वाइज समूहमा पहिलो स्थान हासिल गरे भने विध्या यादवले २० केजी गर्ल्स समूहमा पहिलो स्थान प्राप्त गरिन्।
त्यस्तै, जियान्श यादव, रोशन सहानी, सौर्यांश राज उप्रेती, आरम्भ कर्ण र रयान राज कुम्हालले २५ केजी ब्वाइज समूहमा दोस्रो स्थान हासिल गरे। अर्सलान अजहरले ३० केजी ब्वाइज समूहमा दोस्रो स्थान प्राप्त गरे।
प्रतियोगितामा विद्यार्थीहरूले देखाएको साहस, अनुशासन, लगनशीलता र खेल भावना प्रशंसनीय रहेको विद्यालयले जनाएको छ। विद्यार्थीहरूको यस उपलब्धिप्रति लिटिल बडी परिवारले खुसी व्यक्त गर्दै आगामी दिनमा पनि खेलकुद क्षेत्रमा उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिएको छ।
विद्यालयले बालबालिकाको शैक्षिक विकाससँगै खेलकुद, अनुशासन र नेतृत्व क्षमताको विकासलाई समेत प्राथमिकता दिँदै आएको छ। विजेता खेलाडीहरूलाई प्याप्सन महानगर अध्यक्ष एवं माउन्ट मकालु बोर्डिङ स्कुलका प्रिन्सिपल राहुल श्रीवास्त प्याप्सन महानगर सदस्य एवं लिटिल बडी प्री स्कुलका प्रिन्सिपल विजयबल लगायतले खेलाडीहरूलाई प्रमाणपत्र प्रदान गर्दै हौसला दिनुभएको थियो।

COMMENTS