गणेश चतुर्थी र ऋषिपञ्चमीको अवसरमा हनुमान अंश’ फिल्म हेर्न सिनेमा हलहरुमा पुगेका दर्शकहरूलाई लड्डु वितरण
वीरगञ्ज । श्री गणेश चतुर्थी तथा ऋषिपञ्चमी पर्वको अवसरमा ‘हनुमान अंश’ फिल्म प्रदर्शन भइरहेको अवसरमा सनातन हिन्दू मोर्चाले विभिन्न सिनेमा हलमा लड्डु वितरण गरेको छ।
सनातन हिन्दू मोर्चाका केन्द्रीय अध्यक्ष सन्तोषनन्द महाराजको नेतृत्वमा आज वीरगञ्जस्थित हनुमान मन्दिर, त्रिमूर्ति सिनेमा तथा एएमेक्स सिनेमा हलमा पुगेर दर्शक तथा उपस्थित सर्वसाधारणलाई लड्डु वितरण गर्नुभएको थियो।
पर्वको धार्मिक तथा सांस्कृतिक महत्वलाई उजागर गर्दै मोर्चाले चलचित्र प्रदर्शनसँगै दर्शकहरूलाई प्रसादस्वरूप लड्डु वितरण गर्दै यसले सनातन हिन्दू धर्मको आस्थालाई थप मद्दत पुर्याउने काम गरेको जनाएका छन् । कार्यक्रममा सनातन हिन्दू धर्म, संस्कार र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्नुपर्नेमा जोड दिइएका हुन।
‘हनुमान अंश’ फिल्म हेर्न आएका दर्शकहरूलाई पर्वको अवसरमा प्रसादस्वरूप लड्डु वितरण गरिएपछि कार्यक्रम थप धार्मिक एवं उत्साहपूर्ण बनेको अध्यक्ष महाराजले बताएका छन्।

सनातन हिन्दू मोर्चाले आगामी दिनमा पनि हिन्दू धर्म, संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धनका लागि विभिन्न धार्मिक तथा सामाजिक कार्यक्रमहरुलाई निरन्तरता दिने प्रतिबद्धता जनाए। लड्डु वितरण कार्यक्रममा केन्द्रीय सदस्य भोगेन्द्र प्रसाद कलवार अरविन्द मदन भल पर्सा जिल्ला उपाध्यक्ष अंशु कुमार प्रजापति बीरगंज महानगर अध्यक्ष आनन्द गुप्ता दीपक शाह कोषाध्यक्ष राजु साह तेली विकि शाह निरञ्जन कुशवाहा र सतिम नारायण सिंह तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

COMMENTS