आदर्श टोल नगुवामा खुल्ला रक्तदान, दुई महिलासहित २७ जनाले रक्तदान गरे
वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगुवास्थित आदर्श टोलमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा दुई महिलासहित २७ जनाले रक्तदान गरेका छन्।
आदर्श टोल, वीरगञ्ज–१६ को आयोजनामा तथा रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा स्थानीय बासिन्दा तथा रक्तदाताहरूको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ।
आदर्श टोल वीरगञ्ज–१६ का अध्यक्ष प्रकाश सिंह ठकुरीको सभापतित्व तथा वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष परशुराम प्रसाद चौरसियाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रममा रक्तदानको महत्वबारे प्रकाश पार्दै नियमित रक्तदानले आकस्मिक अवस्थामा आवश्यक पर्ने बिरामीका लागि रगतको उपलब्धता सुनिश्चित गर्न महत्वपूर्ण योगदान पुग्ने बताइएको थियो। सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजना गरिएको रक्तदान कार्यक्रमले समुदायमा मानवीय सेवाको भावना अभिवृद्धि गर्न सहयोग पुग्ने आयोजकको विश्वास छ।
कार्यक्रममा सहभागी रक्तदाताहरूलाई आयोजकले धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
आयोजक अध्यक्ष प्रकाश सिंह ठकुरीका अनुसार कार्यक्रममा दुई महिलासहित कुल २७ जनाले रक्तदान गरेका छन्। रक्तदान कार्यक्रममा नेपाल रेडकस्ट सोसाइटी पर्साका सभापति ब्रिजकिशोर पटेल आदर्श टोल वीरगञ्ज १६ का उपाध्यक्ष अरुणा मानन्धर फिरोज खान सचिव निरञ्जन कुमार चौरसिया कोषाध्यक्ष सुबोध श्रीवास्तव सहसचिव रोशन निधि रक्ता सञ्चार केन्द्रका सौरभराज पाण्डे बीरगञ्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह सुशान सिंह ठकुरी सुबोध अधिकारी लगायतको उपस्थिति रहेको थियो। भने रक्तदान गर्नेहरू प्रिया कुमारी श्रीवास्तव प्रियंका कुमारी श्रीवास्तव सुबोध श्रीवास्तव लगायत २७ जनाले रक्तदान गरेको सामाजिक अभियान्ता नवराज भट्टराईले जानकारी दिएका छन्।













COMMENTS