विशेष अदालतबाट सफाइ पाए संगै वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले बुधबार बिहान ११ बजे पुनः पदभार ग्रहण गरेका छन्।
नगर प्रमुख सिंहका प्रेस सल्लाहकार नवराज फुँयाले बताएअनुसार सिंहले बुधबार बिहान ११ बजे वीरगन्ज महानगरपालिकाको कार्यालयमा पुगेर औपचारिक रूपमा पुनः पदभार ग्रहण गरेका छन् ।
विशेष अदालतले सोमबार सिंहसहित ७ जनालाई सफाइ दिए संगै सिंहको निलम्बन फुकुवा भएको हो।अदालतको फैसलासँगै उनी वीरगन्ज महानगरपालिकाको नगर प्रमुख पदमा पुनः बहाल भइसकेका हुन्।



अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २५ गते सिंहसहित ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। मुद्दा दायर भएपछि प्रचलित कानुनी व्यवस्थाअनुसार सिंह मेयर पदबाट स्वत निलम्बनमा परेका थिए।
उक्त मुद्दामा साेमबार विशेष अदालतका अध्यक्ष न्यायाधीश बासुदेव आचार्य, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले सिंहसहित सबै ७ जना प्रतिवादीलाई सफाइ दिएपछि नगर प्रमुख बुधबार ११ बजे पुन भार बहाली भएका छन् ।


COMMENTS