सनसाइन इङ्लिस बोर्डिङ स्कुल द्वारा अन्तरहाउस क्विज प्रतियोगिता सम्पन्न रेड हाउस च्याम्पियन बन्यौ!
वीरगञ्ज । “ज्ञान र टोलीगत सहकार्य नै सफलताको आधार हो” भन्ने मुलनाराका साथ सनसाइन इङ्लिस बोर्डिङ स्कुलले अन्तरहाउस क्विज प्रतियोगिता–२०८३ आयोजना गदै विद्यार्थीहरूमा प्रतिस्पर्धात्मक भावना, ज्ञान अभिवृद्धि र आत्मविश्वास विकास गर्ने उदेश्यले सो कार्यक्रम आयोजना गरिएको हो बीरगंज महानगरपालिका वडा नम्बर १४ पिपरामा रहेको सनसाइन इङ्लिस बोर्डिङ स्कुलमा आयोजित अन्तरहाउस क्विज प्रतियोगिता–२०८३ मा रेड हाउसले उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन बन्न सफल भएको संचालक अमित आलोकले जानकारी दिनु भएको छ। विद्यार्थीहरूको क्षमता विकास गर्ने उद्देश्यले यस्ता अतिरिक्त क्रियाकलापहरू विद्यालयले आयोजना गरेको सञ्चालक अमित आलोकको भनाइ रहेको छ। प्रतियोगितामा रेड हाउसका विद्यार्थीहरूले ज्ञान, आत्मविश्वास, टोलीगत भावना तथा समर्पणका साथ उत्कृष्ट प्रदर्शन गरेको संचालक अमितले बताएका हुन्। विद्यार्थीहरूलाई विभिन्न प्रश्नहरूको जवाफमा आफ्नो क्षमता प्रस्तुत गर्दै रेड हाउसले प्रतियोगितामा बाजी मादै प्रथम स्थान हासिल गरेको हो।

च्याम्पियन बनेको रेड हाउसलाई विद्यालयले बधाई तथा शुभकामना व्यक्त गदै सम्मानित गरिएको थियो । विद्यार्थीहरूको ज्ञान, सहकार्य र आत्मविश्वासले उनीहरूलाई सफल बनाउनका लागि यो अति महत्वपूर्ण भूमिका रहने बताए।
विद्यालयले विजेता भएका विद्यार्थीहरूलाई आगामी दिनमा पनि निरन्तर सिक्दै, आफ्नो प्रतिभा क्षमता निखार्दै र अझ उत्कृष्ट सफलता हासिल गर्दै अघि बढ्न विद्यार्थीहरूलाई सुझाव एवं शुभकामना दिएको संचालक अमित आलोकले बताएका छन् ।



COMMENTS