‘अक्षरारम्भ’ अन्तरविद्यालय वक्तृत्वकला तथा वादविवाद प्रतियोगितामा १२ वटा स्कुलका विद्यार्थीहरूको सहभागिता विद्यार्थीहरूले उत्कृष्ट प्रस्तुति गरे
वीरगञ्जस्थित जी.एच.पी. माध्यमिक विद्यालयको आयोजनामा ‘अक्षरारम्भ’ अन्तरविद्यालय सार्वजनिक वक्तृत्वकला तथा वादविवाद प्रतियोगिता सम्पन्न भएको छ। विद्यालयको सभाहलमा आयोजित प्रतियोगितामा वीरगञ्जका विभिन्न १२ वटा विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो।
विद्यार्थीहरूलाई सार्वजनिक वक्तृत्वकला तथा वादविवादमार्फत आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्नुका साथै उनीहरूमा आत्मविश्वास, प्रभावकारी सञ्चार सीप, आलोचनात्मक सोच, सिर्जनशीलता तथा अर्थपूर्ण अभिव्यक्तिको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको विद्यालयले जनाएको छ।
प्रतियोगितामा जी.एच.पी. माध्यमिक विद्यालय, मनकामना सेकेन्डरी स्कुल, डीपीएस स्कुल, लिटिल एन्जल्स स्कुल, विद्या सदन माध्यमिक विद्यालय, मिनिल्याण्ड सेकेन्डरी स्कुल, न्यू वेभ सेकेन्डरी स्कुल, कादम्बरी सेकेन्डरी स्कुल, एन्जल्स वल्र्ड, ओम नेशनल एकेडेमीलगायत विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएका थियो वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमको प्रमुख आतिथ्य तथा जी.एच.पी. माध्यमिक विद्यालयकी प्रिन्सिपल जगप्रीत सिंह कौरको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी तथा शिक्षाक्षेत्रसँग सम्बन्धित व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सार्वजनिक वक्तृत्वकला प्रतियोगितातर्फ जी.एच.पी. माध्यमिक विद्यालय प्रथम भएको छ। डीपीएस स्कुल दोस्रो, विद्या सदन माध्यमिक विद्यालय तेस्रो तथा जीवन ज्योति सेकेन्डरी स्कुल चौथो अर्थात् रनरअप भएको छ।
त्यसैगरी वादविवाद प्रतियोगितातर्फ डीपीएस सेकेन्डरी स्कुल प्रथम, कादम्बरी सेकेन्डरी स्कुल दोस्रो, जीवन ज्योति स्कुल तेस्रो तथा जी.एच.पी. सेकेन्डरी स्कुल चौथो अर्थात् रनरअप भएका छन्।
प्रतियोगिताका विजेता तथा उपविजेता विद्यार्थी र विद्यालयलाई प्रमाणपत्रसहित शिल्ड प्रदान गरिएको थियो। प्रतियोगिताले विद्यार्थीहरूमा आफ्ना विचारलाई स्पष्ट, तार्किक र प्रभावकारी रूपमा प्रस्तुत गर्ने क्षमता विकास गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजक विद्यालयले जनाएको छ।
कार्यक्रममा प्याप्सन मधेस प्रदेशका उपाध्यक्ष पुरन प्रधान, विद्या सदनका प्रिन्सिपल लालबहादुर गुरुङ, जीवन ज्योति स्कुलका प्रिन्सिपल शिव गुप्ता, जीवन ज्योति स्कुलका सञ्चालिका मीनाक्षी गुप्ता, miniland school ka director लालबाबु पटेल लगायतको उपस्थिति रहेको थियो। प्रतियोगिताको निर्णायक मण्डलको भूमिका टोस्टमास्टर्स इन्टरनेशनलले निर्वाह गरेको थियो।
विद्यालयले आगामी दिनहरुमा पनि विद्यार्थीहरूको लागि अतिरिक्त तथा क्षमता अभिवृद्धि शैक्षिक एवं बौद्धिक कार्यक्रमलाई निरन्तरता रहने छ।

COMMENTS