समाजिक अभियानमा जागरूप श्री गुरुकुल पन्ना मेमोरियल इङ्लिस बोर्डिङ स्कुल द्वारा बाढी पीडितलाई राहत सङ्कलन!
बीरगञ्ज महानगरपालिका वडा नम्बर १७ अलौमा रहेको श्री गुरुकुल पन्ना मेमोरियल इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थीहरू शिक्षक शिक्षिकाहरूले समाजिक अभियानमा जागरुक भए रसुवामा बाढी पीडितमा परेका व्यक्तिहरूको लागि आर्थिक राहत संकलन गरी बुझाउने तयारी रहेको प्रिन्सिपल मञ्जु राणा भाटले जानकारी दिनुभएको छ। गुरुकुल पन्नालाल मेमोरियल स्कुलद्वारा रसुवा बाढीपीडितहरुका लागि यो राहत सङ्कलन प्याप्सन जिल्ला कार्यसमिति पर्सालाई बुझाउने तयारी रहेको बताएकी हुन् वीरगञ्ज महानगरपालिका–१७, अलौमा रहेको श्री गुरुकुल पन्ना मेमोरियल इङ्लिस बोर्डिङ स्कुलले रसुवामा बाढी तथा विपद्बाट प्रभावित नागरिकका लागि आर्थिक राहत सङ्कलन अभियान सञ्चालन गरिएको हो। प्रिन्सिपल रानाभाटका अनुसार
स्कुलका विद्यार्थी, शिक्षक तथा शिक्षिकाहरूले मानवीय सहयोगको भावनासहित बाढीपीडित परिवारलाई सहयोग पुर्याउने उद्देश्यले आर्थिक रकम सङ्कलन गरिरहेका छन्। सङ्कलन गरिएको राहत रकम सम्बन्धित बाढीपीडितसम्म पुर्याउने प्याप्सनले तयारी भइरहेकोले यो महान अभियानमा श्री गुरुकुल पन्ना मेमोरियल इङ्लिस बोर्डिङ स्कुलले पनि सहभागिता जनाएको बताएका छन्।













विद्यालयकी प्रिन्सिपल मञ्जु राणा भाटका अनुसार विपद्को समयमा पीडित परिवारलाई सहयोग गर्नु सामाजिक उत्तरदायित्व भएकाले विद्यालय परिवारले राहत सङ्कलन अभियान अघि बढाएको थियो ।
विद्यार्थीहरूमा सामाजिक सेवा, मानवीय संवेदना र सहयोगी भावनाको विकास गर्ने उद्देश्यले यो सामाजिक अभियान सञ्चालन गरिएको प्रिन्सिपल रानाभाटले बताउनुभयो।
रसुवामा आएको बाढी तथा पहिरोका कारण प्रभावित भएका नागरिकलाई राहत तथा पुनःस्थापनाका लागि विभिन्न क्षेत्रबाट सहयोग जुटिरहेका बेला गुरुकुल पन्ना मेमोरियल स्कुलको पहलले विद्यालयस्तरबाट पनि विपद् प्रभावितलाई सहयोग गर्ने सकारात्मक सन्देश दिएको बताए विद्यालय परिवारले सङ्कलन भएको रकम पारदर्शी रूपमा प्याप्सन जिल्ला कार्यसमिति र प्याप्सन महानगरलाई बुझाएर हाम्रो एकद्वार प्रणाली मार्फत प्रधानमन्त्री राहत कोषमा उक्त रकम जम्मा गर्ने योजना रहेको समेत प्रिन्सिपल राणाभाटले बताएकी छिन्। उनले यस्तो महामारीमा मनकारीहरू संघसंस्था एवं अन्य सहयोगी दाताहरूलाई सहयोग गर्न अपिल समेत गरेकी छिन्। राहत सङ्कलन कार्यक्रममा श्री गुरुकुल पन्ना मेमोरियल इङ्लिस बोर्डिङ स्कुलका डाइरेक्टर मनोहरबहादुर क्षेत्री सहायक प्रिन्सिपल बिक्की पटेल शिक्षक शुभम मिश्र शिक्षिका सन्जीदा नेसा अन्तिममा फुसावाह तथाअन्य शिक्षक शिक्षिकाहरूको उपस्थिति रहेको थियो।






COMMENTS