हिन्दु महिलाहरुको महान् चाड हरितालिका तीजको अवसरमा वीरगञ्ज कारागारमा खाद्यान्न तथा सरसफाइ सामग्री वितरण गरियो
हिन्दू महिलाहरूको महान चाड हरितालिका तीजको अवसरमा लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एसअन्तर्गत वीरगञ्जमा खाद्यान्न तथा सरसफाइसम्बन्धी सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ। वीरगञ्जस्थित बिर्ता कारागारमा रहेका महिलाहरूलाई लक्षित गरी खाद्यान्न तथा स्वास्थ्य र सरसफाइसम्बन्धी सामग्री वितरण गरिएको हो।
कार्यक्रममा वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष जगतप्रसाद साह कानुको प्रमुख अतिथिमा सो कार्यक्रम सम्पन्न भएको हो। प्रमुख अतिथि वडा अध्यक्ष कानुले तीजको अवसरमा महिलाहरूलाई लक्षित गरिएको सहयोग तथा सामाजिक सेवामूलक कार्यक्रमले सकारात्मक सन्देश दिएको बताएका हुन।
कार्यक्रममा लायन रोशन गुप्ता, लायन डी.एन. अग्रवाल, सुशील चाचान, बिनोद खण्डेवाल, वीरगञ्ज कारागारका सुरक्षा प्रमुख प्रदीप जैसवाल, गजेन्द्र राउत तथा वीरगञ्ज कारागारका जेलर प्रमुख सुनिल चौरसिया लगायतको उपस्थिति रहेको थियो।
लायन्स क्लब अफ वीरगञ्ज मिलेनियम एमजेएफका अध्यक्ष वीरेन्द्र साह र लायन्स क्लब अफ वीरगञ्ज सेन्ट्रलकी अध्यक्ष मिनाक्षी गुप्ताको संयुक्त अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा महिलाहरूको आवश्यकतालाई ध्यानमा राख्दै खाद्यान्नका साथै व्यक्तिगत सरसफाइ तथा स्वच्छतासम्बन्धी सामग्री वितरण गरिएको थियो। आफूहरूको उद्देश्य सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त कार्यक्रमले कारागारमा रहेका महिलाहरूलाई सहयोग पुग्ने अपेक्षा अनुसार यो समाजिक काम गरेको बताएका छन्।
कार्यक्रमका संयोजक सुमन श्रेष्ठ, के.एम. अन्सारी लगायत लायन्स क्लबका पदाधिकारी, सदस्य तथा सम्बन्धित व्यक्तिहरूको सहभागिता रहेको थियो। कार्यक्रमले चाडपर्वलाई केवल उत्सवका रूपमा नभई सामाजिक सेवा र मानवीय सहयोगसँग जोड्ने सन्देश आफूहरूको रहेको लायन्स क्लब अफ वीरगञ्ज सेन्ट्रलकी अध्यक्ष मिनाक्षी गुप्ताको भनाई रहेको छ
कार्यक्रमका लागि आवश्यक सम्पूर्ण खर्च लायन लालबहादुर थिङकी छोरी तथा अस्ट्रेलियामा बस्दै आएकी इनु थिङले व्यहोर्नुभएको थियो। कार्यक्रमको सहजीकरण लालबहादुर थिङले गरेका थिए ।

COMMENTS