बाल दिवसको अवसरमा चित्रकला प्रतियोगिता सम्पन्न
पर्सा । बाल दिवसको अवसरमा पर्सा जिल्लाको पकाहामैनपुर गाउँपालिका वडा नम्बर –३ स्थित रामचरित्र भगत माध्यमिक विद्यालयमा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ।
पकाहामैनपुर गाउँपालिका वडा नम्बर –३ का वडा अध्यक्ष संजय चौहानको अध्यक्षतामा तथा एनसी नेपालको सहजीकरणमा उक्त प्रतियोगिता आयोजना गरिएको एनसी नेपालका ललन पटेलले जानकारी दिनुभएको छ । प्रतियोगितामा विभिन्न कक्षामा अध्ययनरत ३५ जना बालबालिकाहरुको सहभागिता रहेको थियो।
बालबालिकाहरूले आफ्नो सोच, सिर्जनशीलता तथा प्रतिभालाई चित्रमार्फत प्रस्तुत गरेका थिए। प्रतियोगिताले बालबालिकामा रहेको सिर्जनात्मक क्षमता प्रस्फुटन गर्न तथा उनीहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गरिएको पटेलले बताएका हुन्।
प्रतियोगितामा सहभागी बालबालिकाले उत्साहपूर्वक चित्र बनाएर आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए। कार्यक्रमका क्रममा बालबालिकाको सिर्जनशीलता र प्रतिभाको विकासका लागि यस्ता अतिरिक्त क्रियाकलापलाई निरन्तरता दिनुपर्नेमा जोड दिइएको थियो।

एनसी नेपालका ललन पटेलका अनुसार प्रतियोगितामा ३५ जना बालबालिकाहरु सहभागिता रहेको थियो। बाल दिवसको अवसरमा बाल हिंसालाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने बारेमा बालबालिकाहरूलाई जानकारी गराइएको हो प्रतियोगिताले बालबालिकाहरुमा सिर्जनशीलता, आत्मविश्वास र सामाजिक विषयप्रति रुचि बढाउन सहयोग पुगेको पटेलको भनाइ रहेको छ। कार्यक्रमको सहजीकरण एनसी नेपालका नवलप्रसाद चौहानले गर्नुभएको थियो।


COMMENTS