$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

किरात राई यायोक्खा बाराको ६औँ जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः सुरेशकुमार राई चयन

किरात राई यायोक्खा बाराको ६औँ जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः सुरेशकुमार राई चयन  बारा — किरात राई यायोक्खा जिल्ला कार्यसमिति बाराको ...

किरात राई यायोक्खा बाराको ६औँ जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः सुरेशकुमार राई चयन 

बारा — किरात राई यायोक्खा जिल्ला कार्यसमिति बाराको १५औँ साधारण सभा तथा ६औँ जिल्ला अधिवेशन पथलैयामा सम्पन्न भएको छ।

किरात राई यायोक्खा जिल्ला कार्यसमिति बाराका अध्यक्ष सुरेशकुमार राईको अध्यक्षता तथा किरात राई यायोक्खाका केन्द्रीय सदस्य जगत आठपहरिया राईको प्रमुख आतिथ्यमा सो अधिवेशन सम्पन्न भएको हो।


अधिवेशनमा किरात राई समुदायको भाषा, संस्कृति, परम्परा, पहिचान तथा सामाजिक अधिकारको संरक्षण र प्रवर्द्धनका विषयमा छलफल गरिएको थियो। सहभागीहरूले समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण गर्दै नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कार र पहिचानसँग जोड्नुपर्नेमा जोड दिएका थिए।


अधिवेशनले सुरेशकुमार राईलाई पुनः जिल्ला कार्यसमिति बाराको अध्यक्षमा सर्वसम्मत चयन गरेको छ। उहाँको नेतृत्वमा 11 सदस्य  नयाँ जिल्ला कार्यसमिति गठन गरिएको छ।

नवनिर्वाचित अध्यक्ष राईले आगामी कार्यकालमा किरात राई समुदायको एकता, भाषा–संस्कृति संरक्षण तथा सामाजिक गतिविधिलाई थप प्रभावकारी  काम गदै  अगाडी बनाउँदै जाने प्रतिबद्धता व्यक्त गर्नुभएको छन् ।

अधिवेशनमा किरात राई यायोक्खाका संस्थापक अध्यक्ष भुवन राई नेपाल आदिबासी जनजाती समन्वय परिषद् बाराका अध्यक्ष राम दास धर्रोजु वरिष्ठ सल्लाहकार दिनेश राई किरात राई यायोक्खा पर्साका कार्यवाहक अध्यक्ष चन्द्र बान्तव राई      विभिन्न तहका पदाधिकारी, सदस्य तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सुरेश कुमार राईको अध्यक्षतामा ११ सदस्य जिल्ला कार्यसमिति चयन गरिएको निर्वाचन मण्डलका संयोजक भुवन राईले जानकारी दिनुभएको छ। कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष लाल शेर राई महिला उपाध्यक्ष पुष्प राई सचिव हेमराज राई सहसचिव अस्मिता राई कोषाध्यक्ष बिनोद राई र सदस्यहरू सर्वधन राई ज्ञानबहादुर राई अन्जु राई सुस्मिता राई बेसबहादुर राई लगायत ११ जना रहेका छन्। बैठकले केन्द्रीय महाधिवेशनका  लागि प्रतिनिधिको  नामावली भोलिसम्म टुङ्गो लगाउने अध्यक्ष सुरेशकुमार राईले जानकारी दिनुभएको छ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content