संविधान दिवसको अवसरमा प्याब्सनस्तरीय वक्तृत्वकला प्रतियोगिता ‘प्याब्सन वाणी प्रतिभा २०८३’ आयोजना हुँदै वीरगञ्ज, असोज २ गते। संविधान दिवसको अवसरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पर्सा र वीरगञ्जको आयोजनामा प्याब्सनस्तरीय वक्तृत्वकला प्रतियोगिता ‘प्याब्सन वाणी प्रतिभा २०८३’ आयोजना हुने भएको छ।
असोज ३ गते शनिबार बिहान १० बजेदेखि डीएभी स्कुलमा आयोजना हुने उक्त प्रतियोगितामा प्याब्सनमा आबद्ध २८ वटा विद्यालयका एक–एक जना प्रतियोगी विद्यार्थीले सहभागिता जनाउनेछन्।
प्रतियोगितामा सहभागी विद्यार्थीमध्ये उत्कृष्ट पाँच जनालाई पुरस्कृत तथा सम्मानित गरिनेछ। जसअन्तर्गत प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने प्रतियोगीलाई क्रमशः पुरस्कार प्रदान गरिनेछ भने थप दुई जना प्रतियोगीलाई सान्त्वना पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगिताको समन्वयकका रूपमा डीएभी स्कुलका प्रधानाध्यापक राकेश मिश्रा रहेका छन्।
वक्तृत्वकला प्रतियोगिताले विद्यार्थीहरूमा वक्तृत्व क्षमता, आत्मविश्वास, सिर्जनात्मक अभिव्यक्ति तथा सार्वजनिक प्रस्तुति सीपको विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।

COMMENTS