प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा विद्यार्थीहरूका लागि संविधान दिवसको अवसरमा नेपाली वक्तृत्वकला प्रतियोगिता
संविधान दिवसको अवसरमा प्याब्सन पर्सा र बीरगञ्जको आयोजनामा विद्यार्थीहरूको वक्तृत्वकला, आत्मविश्वास, तार्किक क्षमता तथा समसामयिक विषयप्रतिको चेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपाली वक्तृत्वकला प्रतियोगिता आयोजना गर्न लागिएको व्यहोरा सम्पूर्ण सदस्य विद्यालयहरूमा जानकारी गराइन्छ।
यस वर्षको प्रतियोगिताको विषय: “संविधान संरक्षणमा युवाको भूमिका”
देशको संविधान, लोकतान्त्रिक मूल्य–मान्यता तथा राष्ट्रिय जिम्मेवारीप्रति युवा पुस्तामा सकारात्मक सोच, जागरूकता र उत्तरदायित्वको भावना विकास गर्ने उद्देश्यले आयोजना हुन लागेको यस प्रतियोगितामा प्याब्सन पर्सासँग आबद्ध सम्पूर्ण सदस्य विद्यालयहरूलाई सक्रिय सहभागिताका लागि हार्दिक अनुरोध तथा अपिल गर्दछौँ।
प्रतियोगितामा विद्यार्थीहरूको उत्साहजनक सहभागिता गराई विद्यार्थीहरूमा वक्तृत्वकला, नेतृत्व क्षमता, अध्ययनशीलता, तार्किक प्रस्तुति तथा नागरिक चेतना अभिवृद्धि गर्ने अवसर प्रदान गरिदिनुहुन सम्पूर्ण विद्यालय परिवारमा हार्दिक अनुरोध गर्दछौँ।
आउनुहोस्, युवाको आवाजलाई सशक्त बनाऔँ, संविधानप्रतिको चेतना अभिवृद्धि गरौँ र जिम्मेवार नागरिक निर्माणमा हातेमालो गरौँ।

COMMENTS