$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

मेयर सिंहले भोटेकोशी बाढीको पीडामा साथ दिँदै बेपत्ता परिवारको घरमा पुगे

मेयर सिंहले भोटेकोशी बाढीको पीडामा साथ दिँदै  बेपत्ता परिवारको घरमा पुगे  वीरगंज — रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी बेपत्ता भएका वीरगं...


मेयर सिंहले भोटेकोशी बाढीको पीडामा साथ दिँदै  बेपत्ता परिवारको घरमा पुगे 

वीरगंज — रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी बेपत्ता भएका वीरगंज महानगरपालिका–२७ उदयपुरघुर्मीस्थित कुहडी गाउँका दुई परिवारलाई नगर प्रमुख राजेशमान सिंहले शनिबार भेट गरी अवस्थाबारे जानकारी लिनुभएको छ।

भदौ १० गते बिहान भोटेकोशी नदीमा आएको अचानकको बाढीमा परी कुहडी गाउँका २९ वर्षीय सागर कर्ण र २८ वर्षीय मुन्ना अंसारी अझै बेपत्ता छन्। दुवै जना ट्रक चालक हुन्। उनीहरू रसुवा भन्सारबाट सामान लिएर फर्किने तयारीमा रहेका बेला बाढीमा बेपत्ता भएको परिवारले जनाएको छ।

नगर प्रमुख सिंहले बेपत्ता परिवारका सदस्यहरूसँग भेट गर्दै घटनाको अवस्था र परिवारले भोगिरहेको पीडाबारे जानकारी लिनुभएको हो। उहाँले विपद्का कारण पीडामा परेका परिवारसँग महानगरपालिका साथमा रहेको बताउनुभयो।

यसअघि नगर प्रमुख सिंहले वीरगंज महानगरपालिका–२२ जगरनाथपुरको एउटै टोलबाट भोटेकोशी बाढीमा बेपत्ता भएका ६ जनाका परिवारसँग भेट गरी अवस्थाबारे जानकारी लिनुभएको थियो। यस्तै, वडा नम्बर ८ का बेपत्ता परिवारसँग समेत उहाँले भेट गर्नुभएको थियो।

बाढीमा वीरगंजका विभिन्न वडाका नागरिक बेपत्ता भएपछि महानगरपालिकाले प्रभावित परिवारसँग प्रत्यक्ष सम्पर्क र समन्वय गर्दै आवश्यक सहयोगका लागि पहल गरिरहेको छ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content