$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ को उपाधि ओम नेसनल एकेडेमीले जित्यो

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ को उपाधि ओम नेसनल एकेडेमीले जित्यो  प्याब्सन पर्सा र प्याब्सन बीरगन्जको आयोजनामा भएको प्याब्सन स्मार्ट माइन्ड...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ को उपाधि ओम नेसनल एकेडेमीले जित्यो 

प्याब्सन पर्सा र प्याब्सन बीरगन्जको आयोजनामा भएको प्याब्सन स्मार्ट माइन्ड्स २०८३ जुनियरतर्फको उपाधि ओम नेसनल एकेडेमीले जितेको छ। फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै ओलम्पिक नेसनल एकेडेमीले कुल १५० अंक प्राप्त गरी प्रथम स्थान हासिल गरेको हो।

त्यसैगरी एसआर ग्यालेक्सी एकेडेमी १४० अंकसहित दोस्रो, गौतम माध्यमिक विद्यालय ७५ अंकसहित तेस्रो भएका छन्। लिटल एन्जेल्स स्कुल ३५ अंकसहित चौथो तथा मास्कट एकेडेमी ३० अंकसहित सान्त्वना स्थान हासिल गर्न सफल भएका छन्।

फाइनलमा सहभागी पाँचवटै विद्यालयले यसअघि सम्पन्न विभिन्न समूहका क्वालिफिकेसन राउन्डमा समूह विजेता बन्दै फाइनलमा स्थान सुरक्षित गरेका थिए। प्रतियोगितामा जुनियरतर्फ कुल २९ विद्यालयको सहभागिता रहेको थियो।

फाइनलपश्चात् आयोजित पुरस्कार वितरण समारोह प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरी र प्याब्सन वीरगन्जका अध्यक्ष राहुल श्रीवास्तवको अध्यक्षतामा सम्पन्न भएको थियो।

कार्यक्रममा प्याब्सन मधेश प्रदेशका उपाध्यक्ष इमामुद्दिन अहमद, सल्लाहकार लालबाबु पटेल, प्याब्सन पर्साका सल्लाहकार हरिश्याम ठाकुर, वरिष्ठ उपाध्यक्ष सुशीला साह, उपाध्यक्ष वीरेन्द्र यादव, प्याब्सन वीरगन्जका नगर सदस्य विजय बल लगायतको उपस्थिति रहेको थियो। उहाँहरूले विजेता तथा उपविजेता विद्यालयका सहभागीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो।

लिटिल एन्जेल्स स्कुल, ज्योतिनगरमा सम्पन्न कार्यक्रममा उक्त विद्यालयका प्रधानाध्यापक सन्नी पाख्रिन, प्याब्सन वीरगन्जका अध्यक्ष सुरज बाबु पटेल लगायतको पनि उपस्थिति रहेको थियो।

प्रतियोगिताको क्विज सञ्चालन प्याब्सन वीरगन्जका सचिव अमित आलोकले गर्नुभएको थियो। प्रतियोगिताले विद्यार्थीहरूको ज्ञान, तर्कशक्ति, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमताको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएको छ।


COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content