विश्व मुटु दिवसको अवसरमा लायन्स क्लब अफ बीरगञ्जको आयोजना तथा इन्दिरा बेलनेस सेन्टरको सहयोगमा आयोजित प्रभातफेरी र्यालीमा सहभागीहरूले मुटुरोगबाट बच्न स्वस्थ जीवनशैली अपनाउन, नियमित व्यायाम गर्न तथा खानपानमा विशेष ध्यान दिनुपर्ने सन्देश दिएका थिए। र्यालीपछि आयोजित कोणसभामा मुटुरोगको जोखिम, यसको रोकथाम तथा स्वस्थ जीवनशैलीको महत्त्वबारे चर्चा गरिएको थियो।
कोणसभालाई सम्बोधन गर्दै नारायणी अस्पतालका चिकित्सक डा. उदय नारायण सिंहले पछिल्लो समय युवापुस्तामा समेत मुटुरोगका केही जोखिम वंशानुगत कारणले पनि हुने भएकाले समयमै स्वास्थ्य परीक्षण गराउनुका साथै नियमित व्यायाम, सन्तुलित आहार र स्वस्थ जीवनशैली अपनाउनुपर्नेमा जोड दिनुभयो। मुटुरोगबाट बच्न जनचेतना अभिवृद्धि गर्नुका साथै रोग लाग्नुअघि नै सावधानी अपनाउनु आवश्यक रहेको उहाँको भनाइ थियो।

मुटुरोगसम्बन्धी जोखिम न्यूनीकरण, युवापुस्ताहरुमा धेरैजसो मोटोपन मध्यपान धुम्रापान मदिरा सेवान गर्ने भएकोले स्वास्थ्यप्रतिको सचेतना अभिवृद्धि तथा स्वस्थ समाज निर्माण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ। विश्व मुटु दिवसका अवसरमा आयोजित यस्ता जनचेतनामूलक कार्यक्रमले सर्वसाधारणलाई मुटुको स्वास्थ्यप्रति सचेत रहन प्रेरित गर्ने अपेक्षा गरिएको छ। कोणसभामा उपप्राध्यापक रुबी शाह डाक्टर दीपक चौरसिया डाक्टर उमेश कुमार डाक्टर दिलिप चौरसिया लखन लायन्स क्लब पोखरियाका निजामुद्दिन समानी तथा नर्सिङ क्याम्पसका विद्यार्थीहरूको अन्य चिकित्सकहरूको उपस्थिति रहेको थियो। नारायणी अस्पताल नजिकै रहेको इन्दिरा बेलनेस सेन्टरको प्रारङ्गमाबाट सुरु भई नगर परिक्रमा गर्दै घडिवामा पोखरियामा पुगेर कोणसभामा परिणत भएको थियो।

COMMENTS