नारी सेवा समूह पर्साद्वारा भव्य रूपमा हरितालिका तीज कार्यक्रम सम्पन्न विभिन्न व्यक्तिहरूलाई सम्मानित!!
वीरगञ्ज । नारी सेवा समूह पर्सा वीरगञ्जको आयोजनामा आज वीरगञ्जस्थित होटल त्रिशुलामा महिलाहरूको महान् पर्व हरितालिका तीज भव्य रूपमा मनाइएको छ।नारी सेवा समूह पर्सा वीरगञ्जका अध्यक्ष भारती कुमारी लामाको अध्यक्षतामा आयोजित कार्यक्रममा समूहमा आबद्ध महिलाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा महिलाहरूले एकआपसमा शुभकामना आदान–प्रदान गर्दै तीजका विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक गतिविधिमा सहभागी भई पर्वलाई उत्साहपूर्वक मनाएको अध्यक्ष लामाले बताएकी छिन् ।कार्यक्रममा महिलाहरूले हरितालिका तीजका गीतमा नृत्य गर्नुका साथै विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु समेत प्रस्तुत गरेका थिए। परम्परागत संस्कृति, महिला एकता र आपसी सद्भावलाई थप मजबुत बनाउने उद्देश्यले आयोजना गरिएको अध्यक्ष लामाले बताएकी हुन! कार्यक्रममा सहभागी महिलाहरूले तीज पर्वको सांस्कृतिक महत्वबारे समेत चर्चा समेत गरेका थिए।
अध्यक्ष भारती कुमारी लामाले हरितालिकातीज नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व भएकाले यसलाई आपसी प्रेम, सद्भाव र एकताका साथ मनाउनुपर्ने बताइन्। अध्यक्ष लामाले यस्ता कार्यक्रमले महिलाहरूबीचको सम्बन्ध अझ प्रगाढ बनाउनुका साथै नेपाली मौलिक संस्कृति र परम्पराको संरक्षणमा योगदान पुर्याउने बताइन्।

कार्यक्रममा सहभागी महिलाहरूले दर खाने, गीत–संगीत तथा नृत्यलगायतका मनोरञ्जनात्मक गतिविधिमार्फत तीजको खुशी साटासाट गरेका थिए। कार्यक्रमले सहभागीहरूमा उत्साह र खुसीको वातावरण सिर्जना गरेको नारी सेवा समुह पर्साका सदस्य मुस्कान साहले
नारी सेवा समूह पर्साले आयोजना गरेको उक्त तीज विशेष कार्यक्रममा महिलाहरुलाई सहभागिता गराएर आफ्नो , सांस्कृतिक संरक्षण र सामाजिक एकताको सन्देश दिँदै यो वर्षको हरितालिका तिज कार्यक्रम शान्त वातावरणमा सम्पन्न भएको बताएकी छिन् ।













COMMENTS