लायन्स क्लब अफ बीरगंज गेटवे द्वारा आयोजित वृक्षारोपण कार्यक्रम आज भाद्र २१ गते आईतबार बिहान कुल्लिया उम्मे कुल्सुम लिल्बनात मा. बिधालय ( मुस्लिम महिला हाईस्कुल)बहुअरी, बीरगंज- १४ मा सुसम्पन्न भयो।लायन्स क्लब अफ बीरगंज गेटवे का अध्यक्ष समाजसेवी लायन्स प्रकाश कुमार उपाध्याय को सभापतित्व एवं एरिया अध्यक्ष सुनिल गुप्ता समेत गेटवे का सचिव कपिलदेव तिवारी, कोषाध्यक्ष बिरेन्द्र आर्य, वकिल रौनियार, फैयाज आलम, ई. श्याम बाबु प्रसाद समेत को उपस्थिति मा विधालय का प्रधानाध्यापक साविर अहमद एराज, विधालय व्यवस्थापन समिति अध्यक्ष कासीम अंसारी, पूर्व अध्यक्ष अजमत आरा, समाजसेवी लतिफुर रहमान, रफिक अन्सारी, अनवर रिजवान, प्रभाकर जैसवाल, शिक्षक रोशन आरा, सलमा खातुन, अपसर आलम, नुरजाहा वेगम लगायत कक्षा ८, ९ ,१० मा अध्ययनरत विद्यार्थी हरु को सहभागिता मा विद्यालय प्राङ्गण भित्र ४५ थान अशोक र अन्य विरूवा गरी ५५ वटा जति विरूवा रोपिएको थियो। 


कार्यक्रम मा सहभागी सम्पूर्ण समाजसेवी, लायन्स परिवार एवं विद्यालय परिवार, संचारकर्मी हरू लाई धन्यवाद दिदै लायन्स क्लब अफ बीरगंज गेटवे का अध्यक्ष समाजसेवी लायन्स प्रकाश कुमार उपाध्याय ले "वृक्षारोपण गरौ - पर्यावरण जोगाऔं" भन्ने मुल नारा का साथ गरिएको यस कार्यक्रम ले हाम्रा वालवालिका, विद्यार्थीहरू लाई पर्यावरण संरक्षण प्रति चेतना जागृत गर्ने विश्वास लिएको छु भन्दै आफ्नो मनतव्य राख्नुभएको थियो।



COMMENTS