नवदीप एकेडेमी बोर्डिङ स्कुलद्वारा मानव सेवा आश्रमको भवन निर्माणका लागि रु २५ हजार आर्थिक सहयोग
वीरगञ्ज । बीरगञ्ज महानगरपालिका वडा नम्बर १५ वीरगञ्जस्थित नवदीप एकेडेमी boarding स्कुलले मानव सेवा आश्रमको भवन निर्माणका लागि रु २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।
विद्यालयले सामाजिक उत्तरदायित्वअन्तर्गत मानवीय सेवामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरेको विद्यालयकी प्रिन्सिपल सुशीला शाहले जानकारी दिइन्। सहयोग रकम बराबरको चेक प्रिन्सिपल शाहले मानव सेवा आश्रमका केन्द्रीय सदस्य देवेश मानवलाई हस्तान्तरण गरेकी हुन्।
चेक हस्तान्तरण गर्दै प्रिन्सिपल शाहले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै मानवीय सेवामा आफूहरू पनि उत्तिकै जिम्मेवार रहेको बताइन्। समाजमा असहाय तथा सहयोगको आवश्यकता भएका व्यक्तिहरूका लागि सञ्चालन हुँदै आएको मानव सेवा आश्रमको भवन निर्माणमा विद्यालयको तर्फबाट सानो भए पनि सहयोग गर्न पाउँदा खुसी लागेको उनले बताइन्।
मानवीय सेवाका क्षेत्रमा विभिन्न व्यक्ति, संस्था तथा समुदायको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै शाहले आगामी दिनमा पनि सामाजिक तथा मानवीय कार्यमा विद्यालयको सहभागिता निरन्तर रहने प्रतिबद्धता व्यक्त गरिन्।
मानव सेवा आश्रमले आश्रयविहीन तथा असहाय व्यक्तिहरूको संरक्षण र सेवाका लागि विभिन्न स्थानमा सेवा प्रदान गर्दै आएको छ। भवन निर्माणका लागि प्राप्त सहयोगले आश्रमको पूर्वाधार विकासमा थप टेवा पुग्ने विश्वास आफूले लिएको प्रिन्सिपल शाहले बताए के हुन्।


COMMENTS