१५ केजी तौल समूहमा काव्यांश श्रीवास्तवले स्वर्ण पदकमा बाजी मारे
वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१५ स्थित विश्वा क्षेत्रमा सम्पन्न जिल्लास्तरीय IV/S1 जेन क्योकुशिन कराते च्याम्पियनसिप–२०८३ मा काव्यांश श्रीवास्तवले उत्कृष्ट प्रदर्शन गर्दै १५ केजी तौल समूहमा स्वर्ण पदकमा बाजी मारेका छन्।
२०८३ साल भदौ २८ गते वीरगञ्ज–१५ मा आयोजित उक्त प्रतियोगिता नेपाल जेन क्योकुशिन कराते एसोसिएसनको पर्सा जिल्ला तथा वीरगञ्ज टाइगर्स कराते क्लबको आयोजनामा सम्पन्न भएको उक्त खेलको प्रतियोगितामा विभिन्न उमेर तथा तौल समूहका खेलाडीहरूको सहभागिता रहेको थियो।
प्रतियोगितामा काव्यांशले आफ्नो उत्कृष्ट खेल कौशल, अनुशासन, आत्मविश्वास र मेहनत प्रस्तुत गर्दै १५ केजी तौल समूहमा स्वर्ण पदक हासिल गर्न सफल भएका हुन्।
काव्यांशको यो उपलब्धिले परिवार, विद्यालय तथा उनका प्रशिक्षकहरूमा खुसी र गर्वको वातावरण सिर्जना गरेको छ। सानै उमेरमा खेलकुद क्षेत्रमा देखाएको यो प्रतिभा र लगनशीलताले आगामी दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत उत्कृष्ट सफलता हासिल गर्ने अपेक्षा गरिएको छ।स्वर्ण विजेता काव्यांश श्रीवास्तवलाई आयोजक टिमले हार्दिक बधाई तथा उज्ज्वल भविष्यको कामना गर्दै शुभकामना दिएका थिए ।



उनको खेलजीवनको अति सुन्दर र महतो पुर्ण उनका बुवा राहुल श्रीवास्तव अति हर्षित मुद्रामा देखिएका थिए। उनले शिक्षा सँगसँगै अतिरिक्त क्रियाकलाप हरु अनुशासन लगायत अन्य क्षेत्रमा समेत उत्तिकै महत्वका साथ ध्यान दिने उनका बुवा राहुल श्रीवास्तवको भनाइ रहेको छ।

COMMENTS