ज्ञानदा एकेडेमीमा चौथो सिजनको ‘संविधान कप २०२६’ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता भव्य रूपमा सुरु
वीरगन्ज, असोज ३ गते ।
संविधान दिवसको पावन अवसर पारेर ज्ञानदा एकेडेमीले वीरगन्जमा अन्तरविद्यालय बास्केटबल प्रतियोगिता ‘संविधान कप २०२६’ (सिजन–४) को आज एक विशेष समारोहका बीच भव्य उद्घाटन भएको छ। इन्टरयाक्ट क्लब अफ ज्ञानदा एकेडेमीको आयोजना तथा रोटरी/रोट्रयाक्टको सहयोगमा सञ्चालित दुई दिने यस प्रतियोगिताको फाइनल खेल भोलि असोज ४ गते सम्पन्न हुनेछ। कार्यक्रमका सभापति राजेन्द्र प्रसाद कोइरालाले स्वागत मन्तव्य व्यक्त गर्दै विद्यार्थी जीवनमा खेलकुदको महत्त्तो बारे प्रकाश पार्नुभएको थियो। उहाँले खेलकुद केवल मनोरंजन मात्र नभएर यसले स्वास्थ्य सँगसँगै राष्ट्रको पहिचानमा यसले ठूलो योगदान दिने बताएका हुन् रोट्रयाक्ट क्लब अफ वीरगन्जका अध्यक्ष तथा डिएभी केडिया स्कुलका प्रधानाध्यापक राकेश मिश्रको प्रमुख अतिथिमा उक्त प्रतियोगिता शुरु भएको हो।रोट्रयाक्ट तथा सिनियर कोअर्डिनेटर स्वर्णिम क्षेत्रीको संयोजन र व्यवस्थापनमा सम्पन्न उद्घाटन कार्यक्रममा विद्यालयकी भाइस प्रिन्सिपल जागृति मिश्र, एकेडेमिक हेड सन्ध्या वशिष्ठ, प्राइमरी कोअर्डिनेटर शालिनी श्रीवास्तव तथा ज्ञानदा एकेडेमीका बास्केटबल प्रशिक्षक राम विनयको विशेष उपस्थिति रहेको थियो।उक्त प्रतियोगितामा यस क्षेत्रका ६ वटा प्रतिष्ठित विद्यालयहरूले सहभागिता जनाएका छन्:ज्ञानदा एकेडेमी, वीरगन्जडिएभी केडिया स्कुल, वीरगन्जबाल एकता स्कुल, कलैया श्री त्रिचन्द्र स्कुल, कलैया ग्यालेक्सी पब्लिक स्कुल, कलैया , सेन्ट अल्फोन्सा स्कुल सिमरा. प्रतियोगिताको पहिलो दिन सम्पन्न खेलहरूमा श्री त्रिचन्द्र स्कुलले पहिलो म्याच जित्दै विजयी सुरुआत गरेको छ भने दोस्रो खेलमा बाल एकता स्कुलले उत्कृष्ट प्रदर्शन गर्दै जित दर्ता गरेको छ। प्रतियोगिताको फाइनल खेल तथा समापन भोलि हुनेछ। बास्केटबलको ईतिहास कसरी क्यानडाबाट शुरु भयो १८८९ मा र नेपालमा १९५० देखि शुरु भयो र पहिलो national match १९५१ मा र नेपाल international बास्केटबलमा सामेल 2000 मा भयो भन्ने बारेमा उल्लेख गर्नु भएको छ






COMMENTS