$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

अदालतको आदेशसमेत कार्यान्वयन नगरेको आरोपमा प्र.अ पण्डितलाई प्रहरीले नियन्त्रणमा लियो

पर्सा  जिल्लाको श्री जानकी राजेश आधारभूत विद्यालयमा करारमा कार्यरत प्रधानाध्यापक रामदिनेश पण्डितलाई प्रहरीले नियन्त्रणमा लिएको छ। विद्यालयमा...

पर्सा  जिल्लाको श्री जानकी राजेश आधारभूत विद्यालयमा करारमा कार्यरत प्रधानाध्यापक रामदिनेश पण्डितलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

विद्यालयमा सरुवा भएर आएका स्थायी शिक्षकहरूलाई लामो समयसम्म हाजिर नगराएको तथा अदालतको आदेशसमेत कार्यान्वयन नगरेको आरोपमा पण्डितलाई इलाका प्रहरी कार्यालय पोखरियाले नियन्त्रणमा लिएको हो।

विद्यालयमा करिब साढे पाँच महिनाअघि सरुवा भएर आएका स्थायी शिक्षकहरूलाई प्रधानाध्यापक पण्डितले हाजिर हुन नदिएको आरोप लागेको छ। शिक्षकहरूले विद्यालयमा हाजिर गराउन माग गर्दै कानुनी प्रक्रिया अघि बढाएपछि उच्च अदालतबाट उनीहरूलाई हाजिर गराउन आदेशसमेत जारी भएको बताइएको छ।

 शिक्षकहरूलाई प्रधानाध्यापक पण्डितले हाजिर हुन नदिएको आरोप लागेको छ। शिक्षकहरूले विद्यालयमा हाजिर गराउन माग गर्दै कानुनी प्रक्रिया अघि बढाएपछि उच्च अदालतबाट उनीहरूलाई हाजिर गराउन आदेशसमेत जारी भएको बताइएको छ।  तर उच्च अदालतको आदेशपछि पनि शिक्षकहरूलाई विद्यालयमा हाजिर नगराएको र आदेश कार्यान्वयनमा अवरोध गरेको आरोप प्रधानाध्यापक पण्डितमाथि लागेको छ।

अदालतको आदेश कार्यान्वयन नगरेको तथा सरुवा भएर आएका शिक्षकहरूलाई विद्यालयमा हाजिर हुनबाट रोक लगाएको विषयमा परेको उजुरी र प्राप्त प्रमाणका आधारमा प्रहरीले पण्डितलाई नियन्त्रणमा लिएको जनाएको छ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइरहेको बताइएको छ। आरोप पुष्टि हुन बाँकी रहेकाले यस विषयमा थप अनुसन्धानपछि घटनाको वास्तविकता स्पष्ट हुने प्रहरीले जनाएको छ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content