$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

मानव अधिकार एवं कैदीबन्दी न्यायिक सरोकार मञ्चको प्रथम अधिवेशन भब्य रुपमा सम्पन्न

मानव अधिकार एवं कैदीबन्दी न्यायिक सरोकार मञ्चको प्रथम अधिवेशन भब्य रुपमा सम्पन्न वीरगञ्ज । मानव अधिकार एवं कैदीबन्दी न्यायिक सरोकार मञ्च नेप...

मानव अधिकार एवं कैदीबन्दी न्यायिक सरोकार मञ्चको प्रथम अधिवेशन भब्य रुपमा सम्पन्न

वीरगञ्ज । मानव अधिकार एवं कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल, मधेस प्रदेशको प्रथम अधिवेशन सम्पन्न भएको छ। मञ्चका मधेस प्रदेश अध्यक्ष प्रवीण श्रीवास्तवको सभापतित्व तथा केन्द्रीय अध्यक्ष लक्ष्मीकुमारी खाडको प्रमुख आतिथ्यमा सो  अधिवेशन सम्पन्न भएको हो।

अधिवेशनको उद्घाटन समारोहमा वक्ताहरूले मानव अधिकारको संरक्षण तथा कैदीबन्दीको न्यायिक अधिकार सुनिश्चित गर्न मञ्चले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताएका छन्। प्रहरी प्रशासनसँग समन्वय गरी कुनै पनि व्यक्तिमाथि अन्याय हुन नदिन निगरानी गर्ने, पीडितलाई न्यायको पहुँचमा पुर्‍याउन पहल गर्ने तथा मानव अधिकारसम्बन्धी विषयमा आवश्यक सहजीकरण गर्दै आएको उनीहरूको भनाइ थियो।

मञ्चले राष्ट्रिय कानुनसँगै अन्तर्राष्ट्रिय मानव अधिकारसम्बन्धी कानुन तथा मान्यतालाई आधार मानेर आफ्ना गतिविधि सञ्चालन गर्दै आएको कार्यक्रममा जानकारी दिइएको थियो। समाजका सबै पक्षको अधिकार र सरोकारलाई समेट्दै मानव अधिकारको संरक्षण तथा न्यायमा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले मञ्च अघि बढिरहेको वक्ताहरूले बताएका थिए।

कार्यक्रममा मानव अधिकार संरक्षण, कैदीबन्दीका समस्या, न्यायिक पहुँच तथा प्रहरी प्रशासनसँगको समन्वयलगायतका विषयमा समेत छलफल भएको थियो। सहभागीहरूले मानव अधिकारको सम्मान र न्यायपूर्ण समाज निर्माणका लागि सम्बन्धित सबै पक्षबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।

अधिवेशनले मधेस प्रदेशमा मञ्चका आगामी कार्यक्रम तथा गतिविधिलाई थप प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ। कार्यक्रममा सहायक प्रमुख जिल्लाधिकारी  कृष्ण जिल्ला प्रहरी कार्यालयका डीएसपी राजु कार्की  पर्सा जिल्लाका अध्यक्ष चन्द्रिका प्रसाद यादव  सर्लाहीका उपाध्यक्ष विक्रम बस्नेत  बीरगञ्ज कारागारका सुनिल चौरसिया दामोरा ढकाल शर्मा मदनप्रसाद ढुङ्गाना नेपाल बुद्धिजीवी परिषद्का केन्द्रीय सदस्य तथा पर्सा इन्चार्ज शम्भु प्रसाद गुप्ता केन्द्रीय सदस्य राजु बैठा लगायतले आआफ्नो धारणा राख्नुभएको थियो भने कार्यक्रमको स्वागत मन्तव्य रमन कुमार सिंहले गरेका थिए।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content