विद्या सदन मावि द्वारा रक्षाबन्धन मेहेन्दी तथा क्विज प्रतियोगिता कार्यक्रम सम्पन्न प्रतियोगिताले विद्यार्थीहरुको बौद्धिक क्षमता अभिवृद्धि हुने अपेक्षा लिएको छ
बीरगंज महानगरपालिका वडा नम्बर 12 मा रहेको विद्या सदन माध्यमिक विद्यालयमा अध्यानरत विद्यार्थीहरूको, प्रतिभा, ज्ञान तथा आत्मविश्वास बदाउने उदेश्यले विभिन्न अतिरिक्त क्रियाकलाप अन्तर्गतरक्षाबन्धन मेहेन्दी तथा क्विज प्रतियोगिता कार्यक्रम सम्पन्न भएको प्रिन्सिपल लालबहादुर गुरुङ्गले जानकारी दिनु भएको छ। प्रिन्सिपल गुरुङ्गले बताए अनुसार विद्यालयको वार्षिक शैक्षिक क्यालेन्डरअनुसार भदौ १८ गते आयोजित कार्यक्रममा रक्षाबन्धन राखी बनाउने प्रतियोगिता, मेहेन्दी बनाउने र क्विज प्रतियोगिता सम्पन्न भएको हो। प्रतियोगितामा विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाउँदै आफ्नो कला, ज्ञान तथा प्रतिभा प्रस्तुत गरेका थिए।

कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूको सहभागीता रहेकोमा रक्षा बन्धन राखी बनाउने प्रतियोगिता दुई समूहमा सञ्चालन भएको थियो। विद्यार्थीहरूले आकर्षक तथा कलात्मक राखी तयारी गरी आफ्नो प्रतिभा प्रस्तुत गरेका हुन। प्रतियोगिताको संयोजन सोनम कुमारी साहले गरेकी थिइन् ।समूह ‘ए’ (कक्षा १ देखि ३)प्रथम अग्रता कुमारी साह, कक्षा १ ‘वाई’द्वितीय सलाउद्दिन रेन, कक्षा २ ‘आर’तृतीय सोरुका बस्नेत, कक्षा १ ‘जी’समूह ‘बी’ (कक्षा ४ देखि ५)प्रथम सादिक अन्सारी, कक्षा ५ ‘बी’द्वितीय सिद्धि सर्राफ, कक्षा ४ ‘वाई’तृतीय अकृति कुमारी कानु, कक्षा ४ ‘वाई’ भएको थियो ।






कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूले मेहेन्दी बनाउने प्रतियोगितामा सहभागिता जनाएकोमा विभिन्न आकर्षक, कलात्मक तथा सिर्जनात्मक डिजाइन प्रस्तुत गरेको प्रतियोगिताको संयोजन कपिला श्रेष्ठले बताएकी थिइन् । उक्त प्रतियोगितामा प्रथम सजाहान खातुन, कक्षा ६ ‘बी’द्वितीय राजनन्दिनी सोनी, कक्षा ६ ‘आर’तृतीय राजिया खातुन, कक्षा ८ ‘जी’विद्यालयका सम्पूर्ण कक्षाका विद्यार्थीहरूको लागि खुला गरिएको क्विज प्रतियोगितामा विद्यार्थीहरूले आफ्नो ज्ञान, तर्कशक्ति तथा बौद्धिक क्षमता प्रदर्शन गरेका थिए। प्रतियोगिताको संयोजन सुमन कुमार पटेल तथा निर्मला चौधरीले बताएकी थिइन्। प्रथम आयान अन्सारी कक्षा १० यश यादव कक्षा ९ ‘बी’नेहा पण्डित कक्षा ७ ‘आर’ र द्वितीय गौरव श्रेष्ठ कक्षा ६ ‘बी’अंशिका चौधरी कक्षा ६ ‘बी’अफ्रिन खातुन कक्षा ७ ‘आर’ र तृतीय खुश्बु पण्डित कक्षा ८ ‘जी’सुनिधि झा कक्षा ८ ‘जी’राजनन्दिनी सोनी कक्षा ६ ‘आर’प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई प्रमाणपत्र, मेडल प्रदान गरी सम्मान गरिएको प्रिन्सिपल गुरुङ्गले बताएका छन्।
प्रिन्सिपल गुरुङको भनाइ अनुसार अतिरिक्त क्रियाकलापले विद्यार्थीहरूको सिर्जनशीलता, आत्मविश्वास, बौद्धिक क्षमता, नेतृत्व क्षमता तथा सर्वाङ्गीण विकासमा महत्वपूर्ण योगदान पुग्ने विद्यालयको विश्वास छ।विद्यालयको वार्षिक शैक्षिक क्यालेन्डरअनुसार आगामी कात्तिक २० गते डान्स कम्पिटिसन तथा रङ्गोली कम्पिटिसन आयोजना गरिने भएको छ। उक्त प्रतियोगिता सम्पूर्ण विद्यार्थीका लागि खुला रहने प्रिन्सिपल गुरुङ्गको भनाई रहेको छ। विद्यालयले विद्यार्थीहरूलाई केवल किताबी ज्ञान मात्र नभएर यस्ता अतिरिक्त क्रियाकलापहरूमा पनि अब्बल बनाउन जरुरी रहेको प्रिन्सिपल गुरुङले बताएका छन्!


COMMENTS