लिटिल एन्जल्स स्कुलका विद्यार्थीहरूद्वारा बुबाको मुख हेर्ने दिन विशेष सिर्जनात्मक हस्तकला कार्यक्रम सम्पन्न
बुबाको मुख हेर्ने दिनको शुभ अवसरमा बीरगञ्ज महानगरपालिका वडा नम्बर २४ ज्योतिनगर स्थितमा रहेको लिटिल एन्जल्स’ स्कुलका नर्सरीदेखि कक्षा २ सम्मका साना विद्यार्थीहरूका लागि विशेष सिर्जनात्मक हस्तकला (Craft) कार्यक्रम आयोजना गरिएको प्रिन्सिपल सन्नी पाख्रिङले जानकारी दिनुभएको छ। प्रिन्सिपल पाख्रिङले बताएअनुसार कार्यक्रममा विद्यार्थीहरूले आफ्ना बुबाप्रतिको माया, सम्मान र कृतज्ञता व्यक्त गर्दै विभिन्न आकर्षक हस्तकलाका सामग्रीहरू तयार गरेका थिए । साना बालबालिकारुले आफ्नै हातले बनाएका सिर्जनाहरू बुबालाई समर्पण गर्दै विशेष दिनलाई अझ अर्थपूर्ण स्मरणीय बनाएर आफ्ना बुवाहरूलाई के कसरी गर्नुपर्ने हो भन्ने बारेमा उक्त हस्तकलाले झल्काउने काम गरेको प्रिन्सिपलले बताएका हुन् ।
कार्यक्रमको मुख्य उद्देश्य भनेको बालबालिकारुमा सिर्जनशीलता, आत्मअभिव्यक्ति र पारिवारिक सम्बन्धप्रति सम्मानको भावना विकास गर्नुका साथै बुबाप्रतिको माया स्नेह कृतज्ञता व्यक्त गर्ने अवसर प्रदान गर्नु रहेको बताए। कार्यक्रमले साना नानीहरूमा उत्साह, खुसी र सिर्जनात्मकताको ल्याउने वातावरण बनेको थियो। विद्यालयले गुणस्तरीय शिक्षा सँगसँगै विद्यार्थीहरूमा आफ्ना आमाबुवाहरूलाई के कसरी सम्मान र सत्कार गर्नुपर्छ भन्ने भावनालाई आफूहरुले विद्यालय स्तरबाट अतिरिक्त क्रियाकलाप मार्फत झल्काउने यस्ता गतिविधिहरु गर्दै आइरहेको प्रिन्सिपल पाख्रिङको भनाइ रहेको छ!

COMMENTS