श्रीकृष्ण जन्माष्टमीको अवसरमा रोयल किड्स मन्टेस्वरीका विद्यार्थीहरू द्वारा राधा–कृष्णको भेषमा
वीरगञ्ज । श्रीकृष्ण जन्माष्टमीको अवसरमा रोयल किड्स मन्टेस्वरी स्कुलमा विद्यार्थीहरूद्वारा विशेष कार्यक्रम आयोजना गरी पर्व भव्य रूपमा मनाइएको अनि अनि प्रिन्सिपल रुचिका कुमारी श्रीवास्तवले जानकारी दिएकी छिन्। विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले राधा तथा कृष्णको आकर्षक भेषमा सजिएर कार्यक्रममा सहभागी गराइएको थियो ।
जन्माष्टमीको धार्मिक तथा सांस्कृतिक महत्वबारे विद्यार्थीहरूलाई जानकारी गराउँदै विद्यालयले बालबालिकाहरुको सिर्जनात्मकता, सांस्कृतिक ज्ञान तथा सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको प्रिन्सिपल रुचिका कुमारी श्रीवास्तवले बताएकी हुन्। कार्यक्रममा विद्यार्थीहरूले राधा–कृष्णको पोसाकमा सजिएर विभिन्न प्रस्तुति दिएका थिए। साना बालबालिकाहरू कृष्ण र राधाको भेषमा प्रस्तुत हुँदा कार्यक्रमस्थल निकै रमाइलो र आकर्षक देखिएको थियो। विद्यार्थीहरूले श्रीकृष्णका बाललीला तथा धार्मिक–सांस्कृतिक पक्ष झल्काउने विभिन्न गतिविधिमा उत्साहपूर्वक सहभागिता जनाउदै मनोरञ्जन गरेका थिए।







विद्यालयका शिक्षक–शिक्षिकाहरूले विद्यार्थीहरूलाई श्रीकृष्ण जन्माष्टमीको महत्व तथा भगवान् श्रीकृष्णका शिक्षाबारे जानकारी गराएका थिए। साथै, पर्वका माध्यमबाट बालबालिकामा नेपाली कला, संस्कृति, परम्परा र धार्मिक सहिष्णुताप्रति सकारात्मक भावना विकास हुने विश्वास व्यक्त गरिएको थियो।
कार्यक्रममा विद्यार्थीहरु शिक्षक–शिक्षिकाहरु उत्साहजनक सहभागिता रहेको थियो। बालबालिकाको मनोरञ्जनसँगै उनीहरूलाई आफ्नो मौलिक संस्कृति र परम्परासँग परिचित गराउने उद्देश्यले यस्ता कार्यक्रमहरु आयोजना गरिएको प्रिन्सिपल रुचिका कुमारी श्रीवास्तवले बताएकी छिन् ।


COMMENTS