भोटेकोशी बाढीपिडितका लागि पोर्चुगल निवासी टंक सापकोटाले रु ५१ लाख सहयोग युरोपको चर्चित देश पोर्चुगलमा चर्चित एवं लोकप्रिय नेपाली शेफ' टंक सापकोटाले बाढीपिडितका लागि ५१ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनाका लागि सापकोटाले बुधबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेका हुन् ।
मानवताप्रेमी सापकोटाको सहयोगको पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलले प्रशंसा गर्दै प्राकृतिक विपत्तिमा परेका नागरिकको राहत तथा उद्धारका लागि गरिएको यो सहयोग प्रशंसनीय र प्रेरणादायी रहेको बताए बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा थोरै भए पनि सहयोग पुर्याउने उद्देश्यले आफ्नो परिवारका तर्फबाट दाजु लक्ष्मीप्रसाद सापकोटा* र श्रीमती सीता सापकोटासँग सल्लाह गरेर विपत्तिमा परेकालाई सहयोग गरिएको उनले बताए ।
पछिल्लो ३० वर्षदेखि पोर्चुगलमा बस्दै आएका बागलुङ, दमेकका सापकोटाले राजधानी लिस्बनमा तीन इटालियन र एक नेपाली गरी कुल चारवटा रेस्टुरेन्ट सञ्चालन गर्दै आएका छन् ।सापकोटाले गत १ सेप्टेम्बरमा चारैवटा रेस्टुरेन्टमा नेपालमा आएको बाढीपिडितको सहयोग, सेवा, राहत, उद्धार र पुनर्निर्माणका लागि सहयोग डिनरको आयोजना गरेका थिए । सोही कार्यक्रमबाट संकलित रकम हस्तान्तरण गरिएका छन् ।
साथमा रहेका सापकोटाका हितैषी वीरगंज निवासी सुरज कार्कीले आफ्नो देश र जनतामा विपत्ति आउँदा सापकोटा भाइ सधैं सेवा सहयोग गर्न तयार रहने भन्दै यो नै वास्तविक राष्ट्रप्रेमभएको बताए । उनले सबैलाई तन, मन र धनले सहयोग र सेवा गर्न आग्रह समेत गरेका छन् ।

COMMENTS