$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

मनोज ग्यास उद्योगद्वारा वडा नम्बर २१ को स्वास्थ्य संस्था र विद्यालयलाई आर्थिक सहयोग प्रदान

 मनोज ग्यास उद्योगद्वारा वडा नम्बर २१ को स्वास्थ्य संस्था र विद्यालयलाई आर्थिक सहयोग प्रदान वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ मा स्वास्थ्य त...


 मनोज ग्यास उद्योगद्वारा वडा नम्बर २१ को स्वास्थ्य संस्था र विद्यालयलाई आर्थिक सहयोग प्रदान वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ मा स्वास्थ्य तथा शिक्षा क्षेत्रको विकासमा सहयोग पुर्‍याउने उद्देश्यले मनोज ग्यास उद्योग प्रा.लि.ले स्वास्थ्य संस्था र विद्यालयलाई सहयोग गरेको छ। उद्योगले वडा नम्बर २१ स्थित स्वास्थ्य संस्थालाई २ टन क्षमताको एसी तथा श्री नेरा गीता गजेन्द्र राज जोशी माध्यमिक विद्यालय, सुखचैनालाई आर्थिक सहयोग गरेको हो।

वडा नम्बर २१ का अध्यक्ष राधाकृष्ण रौनियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मनोज ग्यास उद्योग प्रा.लि.का सञ्चालक तथा युवा उद्योगी एवं समाजसेवी मनोज कुमार दास प्रमुख अतिथिका रूपमा उपस्थित थिए। सो अवसरमा दासले स्वास्थ्य संस्थाका लागि उद्योगको तर्फबाट २ टन क्षमताको एसी हस्तान्तरण गरेका थिए।

त्यसैगरी, श्री नेरा गीता गजेन्द्र राज जोशी माध्यमिक विद्यालय, वीरगञ्ज–२१, सुखचैनाका एक शिक्षकलाई १ लाख ४४ हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको थियो। मनोज ग्यास उद्योग प्रा.लि.ले विगत चार वर्षदेखि उक्त विद्यालयलाई सो रकम सहयोग गर्दै आएको जनाइएको छ।

चेक हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाद कुर्मी, प्रधानाध्यापक नन्दकिशोर रामलगायतको उपस्थिति रहेको थियो। विद्यालयलाई निरन्तर आर्थिक सहयोग गर्दै आएकोमा विद्यालय परिवारले मनोज ग्यास उद्योग तथा सञ्चालक मनोज कुमार दासप्रति आभार व्यक्त गरेको थियो।

कार्यक्रममा स्वास्थ्य शाखाका प्रमुखसहित मनोज ग्यास उद्योगका तर्फबाट अरुण दास, चन्दन दास, सञ्चारकर्मी युवराज खड्गा, वीरेन्द्र साहलगायतको उपस्थिति रहेको थियो। सहभागीहरूले स्वास्थ्य संस्थामा आवश्यक सामग्री तथा विद्यालयलाई आर्थिक सहयोग उपलब्ध गराएकोमा उद्योगप्रति धन्यवाद व्यक्त गरेका थिए।

मनोज ग्यास उद्योग प्रा.लि.ले वडा नम्बर २१ को स्वास्थ्य तथा शिक्षा क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको जनाइएको छ। यसअघि पनि उद्योगले उक्त वडामा सहयोगस्वरूप वासिङ मेसिन प्रदान गरेको थियो। स्वास्थ्य तथा शैक्षिक सेवाको गुणस्तर सुधारमा सहयोग पुर्‍याउने उद्देश्यले उद्योगले स्थानीय आवश्यकताअनुसार विभिन्न सहयोग गर्दै आएको बताइएको छ।

प्रमुख अतिथि मनोज कुमार दासले सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य तथा शिक्षा क्षेत्रमा सहयोगलाई निरन्तरता दिँदै आएको बताए। उनले स्थानीय समुदायको आवश्यकता र समस्यालाई ध्यानमा राखेर आगामी दिनमा पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

युवा उद्योगी, समाजसेवी तथा वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्षसमेत रहेका दासले व्यवसायसँगै सामाजिक क्षेत्रमा योगदान पुर्‍याउनु आफ्नो दायित्व भएको बताए। स्वास्थ्य संस्थालाई एसी उपलब्ध भएपछि सेवाग्राही तथा स्वास्थ्यकर्मीलाई सहज वातावरणमा सेवा प्रवाह गर्न सहयोग पुग्ने तथा विद्यालयलाई नियमित आर्थिक सहयोगले शैक्षिक गतिविधिमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content