$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

आठ महिला सहित ६६ जनाले रक्तदान गरे।

तेरापन्थ युवक परिषद बिरगंजको सप्ताहव्यापी वृहत् रक्तदान महाशृङ्खलाको निरन्तरता , राउन्ड टेबलको सहकार्यमा ८ महिला सहित ६६ जनाले  रक्तदान गरेक...


तेरापन्थ युवक परिषद बिरगंजको सप्ताहव्यापी वृहत् रक्तदान महाशृङ्खलाको निरन्तरता , राउन्ड टेबलको सहकार्यमा ८ महिला सहित ६६ जनाले  रक्तदान गरेका छन् । 

तेरापंथ युवक परिषद वीरगन्जको सप्ताहिक वृहत् रक्तदान कार्यक्रम अन्तर्गत आदर्शनगरस्थित स्काई मल वीरगन्जमा राउन्ड टेबल BRT 3 को सहकार्यमा आयोजना भएको रक्तदान कार्यक्रममा ८ महिला सहित ६६ जना ले रक्तदान गरेका छन । रक्तदान गर्नेमा अदिती अग्रवाल,सन्ध्या चौधरी,कविता केडिया ,श्रेया चाचान ,खुशी शर्मा,दिपान्जली बरनवाल,मृदुला चाचान, सीता शर्मा ,मेराज आलम,अनमोल साह ,बिपिन ठाकुर ,मोहम्मद बेलाल ,कृष्ण पासवान,जोशन श्रेष्ठ ,रोबिन बिक लगायतले आआफ्नो अमुल्य रगत दान गरि मानवता बलियो बनाएका थिए ।

तेरापन्थ युवक परिषद बिरगंजका अध्यक्ष सुनिल दुगड र राउन्ड टेबल BRT3 का अध्यक्ष अनुज क्यालको सन्युक्त अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह ,संचारकर्मी जाकिर हुसेन,आकाश पटेल, परिषद का सौरभ भुटोरिया - रक्तदान सयोजक, आशीष चोरड़िया- रक्तदान ऑन कॉल, पंकज बैद,  अनिल बैद , राउन्ड टेबल सचिव अमन मित्तल,दिपक बैद,पीयूष चाचान,अनमोल छपरिया लगायत स्काईमलका सहयोगीहरुको सहभागिता रहेको थियो ।

सो अवसरमा सामाजिक अभियन्ता सिंहले वीरगन्ज आसपास रगतको कमि भएको खबर सुनेर गत वर्ष झै तेरापन्थ युवक परिषद बिरगंजले विभिन्न संघसंस्था संग हातेमालो गरि सप्ताहव्यापि वृहत् रक्तदान कार्यक्रमको आयोजना गरिरहेको छ जुन निकै सराहनिय सुकार्य हो र आज पनि रक्तदाताहरुको बाक्लो सहभागिता देखेर आफूलाइ निकै  खुशी एवं गर्व लागेको बताउदै  सम्पुर्ण रक्तदाताहरु एवं आयोजक परिवारहरु प्रति हार्दिक आभार प्रकट गरेका थिए ।

 तेरापन्थ युवक परिषद वीरगन्जले शुक्रबार ब्योधा हस्पिटल बिरगंजमा रक्तदान कार्यक्रमको आयोजना गरि सप्ताहब्यापी बृहत् रक्तदान शृङ्खला शुभारम्भ गरेको र सो हि अन्तर्गत आज राउण्ड टेबल बिरगंजको सहकार्यमा स्काई मल बिरगंजमा बिहान ९ बजे देखि रक्तदान कार्यक्रमको आयोजना सम्पन्न गरेको हो साथै भोलि मंगलबार किरण आँखा अस्पताल बिरगंजको सहयोगमा अस्पताल परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरिने लगायतका आगामी कार्यक्रममा बढी भन्दा बढी पिन्ट रगत संकलन गर्ने उद्देश्य सहित यो क्रममा सबैको सहयोगमा विभिन्न कलकारखाना , अस्पताल , क्लिनिक, संघसंगठन, विधालय लगायतको स्थानहरुमा निरन्तर आयोजना गरिने जसबाट रक्तसञ्चार वीरगन्ज केन्द्रमा भएको रगतको अभाव केही हद सम्म पूरा गर्ने योजना बनाएको अध्यक्ष दुगडले बताउदै सम्पुर्ण रक्तदाताहरुको मुक्त कण्ठले प्रसंशा गर्दै सहयोगी आयोजक परिवारहरु, सहयोगीहातहरु ,परिषदका सम्पुर्ण पदाधिकारी सदस्यहरु प्रति आभार ब्यक्त गर्दै आगामी रक्तदान कार्यक्रममा पनि हातेमालो गरि दिन हुन सम्पुर्णमा आग्रह गरेका थिए ।

 रक्तसञ्चार केन्द्र वीरगन्जका प्राबिधिक श्रीराम ठाकुरको नेतृत्वमा रेडक्रस स्वयंसेवकको टिमले रक्तदाताहरु लाइ रक्तदान गर्न सघाएका थिए ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content