श्री आदर्श स्कुलका विद्यार्थीहरूको पदस्थापना तथा ब्याच वितरण कार्यक्रम सम्पन्न अनुशासन र क्षमता देखाउन प्रमुख अतिथि चौधरीको भनाइ । बीरगञ्ज महानगरपालिका वडा नम्बर १० आदर्शनगरमा रहेको श्री आदर्श स्कुलका विद्यार्थीहरूको सपथ ग्रहण तथा ब्याज वितरण कार्यक्रम सम्पन्न भएको छ। विद्यालयका प्रिन्सिपल रामविनोद पाण्डेको अध्यक्षता तथा प्याब्सन जिल्ला कार्यसमिति पर्साका अध्यक्ष सरोजप्रसाद चौधरीको प्रमुख आथिथ्यमा सो ब्याज वितरण तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो। सपथ ग्रहण तथा ब्याज वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि चौधरीले आजबाट सपथ ग्रहण लिएका विद्यार्थीहरूले विद्यालयको अनुशासन पालना गर्दै सम्पूर्ण विद्यालयको गतिविधिमा सहयोग पुर्याउन आग्रह गर्दै आफ्नो नेतृत्व क्षमता प्रदर्शन गर्ने यही सुनौलो अवसर रहेको बताए विद्यार्थीहरुले विद्यालय स्तरबाट नै आफ्ना अनुशासन हरूलाई पालना गर्दै समाज र राष्ट्रलाई अगाडि बढाउनमा भोलिका दिनमा धेरै उपलब्धिहरु हासिल गर्ने भएकोले यसलाई सामान्य रुपमा नलिन विद्यार्थीहरुलाई आग्रह गर्नुभएको थियो!कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष गणेश लाठ, बीपीसी कलेजका हरिरत्न तुलाधर, बीरगञ्ज पब्लिक कलेजका
डा. बासु कर्ण, डा.अरविन्द श्रेष्ठ, मानव सेवा आश्रम वीरगञ्जका देवेश गुप्ता लगायत सञ्चारकर्मी, शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति थियो।
समारोहमा विद्यालयका विभिन्न हाउसका कक्षाका क्याप्टेन तथा मनिटरहरूलाई प्रमुख अतिथि चौधरी तथा अन्यअतिथिहरूले ब्याज वितरण गर्दै पदस्थापना गराउनुभएको थियो । पदस्थापित विद्यार्थीहरूलाई आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धतासहित सपथसमेत गराइएको थियो।






मुख अतिथि चौधरीले विद्यार्थी जीवनमै नेतृत्व क्षमता, अनुशासन र जिम्मेवारीबोधको विकास आवश्यक रहेको बताए। नेतृत्व पद प्राप्त गर्नु मात्र नभई जिम्मेवारी वहन गर्नु पनि भएकाले पदस्थापित विद्यार्थीहरूले घइमानदारी, अनुशासन र सहकार्यको भावनासहित आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिनु भएको थियो ।
उनले विद्यार्थीहरूले प्राप्त जिम्मेवारीलाई विद्यालयको अनुशासन, शैक्षिक वातावरण तथा सहपाठीहरूको हितमा उपयोग गर्नुपर्ने बताए। विद्यार्थीको व्यक्तित्व विकाससँगै नेतृत्व क्षमता अभिवृद्धिका लागि विद्यालयले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने उनको भनाइ थियो।
कार्यक्रममा सहभागी अतिथिहरूले पदस्थापित विद्यार्थीलाई शुभकामना दिँदै सबैप्रति समान व्यवहार गर्न, शिक्षक तथा अभिभावकको सम्मान गर्न र विद्यालयको गरिमा कायम राख्न आग्रह गरे।
प्रिन्सिपल पाण्डेले विद्यार्थीहरुको क्षमता तथा नेतृत्व विकासका लागि विद्यालयले अतिरिक्त क्रियाकलापसँगै विभिन्न जिम्मेवारी प्रदान गर्दै आएकोमा विद्यार्थीहरूले आगामी दिनमा विद्यालयको अनुशासन र शैक्षिक वातावरणलाई थप प्रभावकारी बनाउन सहयोग गर्ने विश्वास आफूले लिएको बताएका छन्। कार्यक्रमको सहजीकरण शिक्षिका पूजा गुप्ता र सिम्रन गुप्ताले गरेका थिए


















COMMENTS