माउन्ट मकालु बोर्डिङ स्कुलमा बाल दिवसको अवसरमा विभिन्न कार्यक्रम गरि मनाइयो
वीरगञ्ज । बीरगंज महानगरपालिका वडा नम्बर १० अशोक बाटिकामा रहेको माउन्ट मकालु बोर्डिङ स्कुलमा बाल दिवसको अवसरमा विद्यार्थीहरूले विभिन्न कार्यक्रम आयोजना गरी बाल दिवस भब्य रुपमा मनाइएको छ।
बाल दिवसका अवसरमा विद्यालयमा बालबालिकाहरुको अधिकार, सुरक्षा, हेरचाह तथा उनीहरूप्रति गरिनुपर्ने व्यवहारका विषयमा विद्यार्थीहरूलाई जानकारी गराउने काम भएको विद्यालयका प्रिन्सिपल राहुल श्रीवास्तवले जानकारी दिनुभएको छ।
कार्यक्रममा बालबालिकाहरुलाई उचित हेरचाह गर्नुपर्ने, उनीहरूको भावना र विचारको सम्मान गर्नुपर्ने तथा बालमैत्री वातावरण निर्माण गर्नुपर्ने विषयमा समेत जानकारी गराइएको थियो। साथै, बालबालिकाहरुले आफ्नो जिम्मेवारी र अधिकारबारेमा समेत जानकारी गराइएको हो ।
बाल दिवसले बालबालिकाहरुको प्रतिभा प्रस्फुटनसँगै उनीहरूको अधिकार, सुरक्षा र समग्र विकासप्रति अभिभावक, शिक्षक शिक्षिकाहरू तथा समाजलाई थप जिम्मेवार बनाउनमा सहयोग पुग्ने अपेक्षा विद्यालयलले गरेको प्रिन्सिपल श्रीवास्तवले बताएका छन् ।





COMMENTS