डा. आमिर आलमलाई ‘इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२६’ सम्मानित
काठमाडौं, २०८३ भदौ २०। मौखिक स्वास्थ्य सेवा तथा सामुदायिक नेतृत्व क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै डा. आमिर आलमलाई ‘International Excellence Award 2026’ बाट सम्मानित गरिएको छ।काठमाडौंको राष्ट्रिय नाचघर, जमलमा शनिबार आयोजित Nepal & International Summit कार्यक्रममा डा. आलमलाई “Excellence in Oral Healthcare and Community Leadership” विधामा सम्मान प्रदान गरिएको हो।
डा. आलम BDS तथा MA (Political Science) अध्ययन गरेका स्वास्थ्यकर्मी हुन्। स्वास्थ्य सेवासँगै समुदायमा पुर्याएको योगदान, सामाजिक सक्रियता तथा नेतृत्व भूमिकाको कदरस्वरूप उनलाई उक्त सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।कार्यक्रममा आयोजक तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थितिमा डा. आलमलाई प्रशंसापत्र तथा सम्मान प्रदान गरिएको थियो।


सम्मानपछि डा. आलमले उक्त पुरस्कारलाई आफ्नो व्यक्तिगत उपलब्धिभन्दा पनि स्वास्थ्य सेवा र समाजप्रतिको जिम्मेवारी थप बढेको संकेतका रूपमा लिएको बताए। उनले आगामी दिनमा मौखिक स्वास्थ्य सेवा तथा सामाजिक क्षेत्रमा अझ प्रभावकारी रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
“यो सम्मानले समाज र स्वास्थ्य क्षेत्रमा अझ जिम्मेवार भएर काम गर्ने प्रेरणा दिएको छ,” डा. आलमले बताए।


COMMENTS